काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवार बन्ने १६५ मध्ये ८० सीट जित्दा महिला जम्मा २ जना थिए पद्मा अर्याल र पवित्रा निरौला खरेल । रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा विद्या भट्टराई निर्वाचित भएपछि प्रत्यक्ष निर्वाचित एमाले महिला सांसदको संख्या ३ भयो ।

संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेन्टी गरेकाले एमालेबाट समानुपातिकतर्फ निर्वाचित हुने ४१ सीटमा जम्मा ३ जनामात्र पुरुष भए । बाँकी सबै सीट अर्थात ३८ जना महिलालाई समानुपातिकबाट निर्वाचित गरिएको थियो ।

वाम गठबन्धनको सहज अवस्थामा समेत महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेको एमालेले यसपटक प्रतिकूल अवस्थामा के गर्ला रु महिला आफैं प्रत्यक्ष उम्मेदवार बन्न कति आँट्छन् रु सकेसम्म समानुपातिकमा सुरक्षित हुन खोज्दै गर्दा पनि अहिले समानुपातिकमा रहेका केही महिला नेतृका लागि प्रत्यक्ष चुनावी मैदानमा उत्रिनुपर्ने बाध्यतासमेत छ ।

एमालेले कम्तिमा एक महिलासहित उम्मेदवार सिफारिस गर्न सर्कुलर पठाए पनि धेरै ठाउँबाट पुरुषको मात्र सिफारिस भइरहेको छ र औपचारिकताका लागि सिफारिसमा पारिएका महिला आफैं टिकटका दाबेदार छैनन् ।

यस्तोमा कम्तिमा डेढ दर्जन महिला नेतृ यसपटक प्रत्यक्ष चुनाव लड्न तम्तयार छन् । उनीहरुमध्ये अधिकांश हाल समानुपातिक सांसद छन् भने केहीले यसअघि पराजय भोगेका थिए । हालका प्रदेशसभा सदस्य रहेका केही महिला नेतृले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन लड्न खोजिरहेका छन् । उनीहरुमध्ये केहीको नाम सिफारिस भइसकेको छ । कोही सिफारिसका क्रममै छन् ।

प्रदेश १

पवित्रा निरौला खरेल

प्रदेश १ बाट यसअघि एमालेबाट पवित्रा निरौला खरेलमात्र प्रत्यक्ष निर्वाचित भएकी थिइन् । झापा २ बाट निर्वाचित निरौला हाल संसदको परराष्ट्र सम्बन्ध समितिकी सभापतिसमेत छिन् । उनी यसपटक पनि उम्मेदवार बन्न चाहेकी छन् । तर, सोही क्षेत्रमा अग्नि खरेल र देवराज घिमिरेजस्ता सिनियर नेतासमेत प्रतिस्पर्धामा रहेकाले आफ्नो टिकट रिस्क जोनमा रहेको उनले बताइन् ।

डा,शिवमाया तुम्बाहाङ्फे

पूर्वउपसभामुख तथा पूर्वमन्त्री डा।शिवमाया तुम्बाहाङ्फे यसपटक प्रत्यक्ष चुनाव लड्ने प्रयासमा छिन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेकी शिवमायाको निर्वाचन क्षेत्र मोरङ १ हो । सो क्षेत्रमा हाल एमालेकै घनश्याम खतिवडा सांसद छन् । स्थानीय लोकप्रियताको हिसाबले खतिवडा अगाडि छन् । पार्टीभित्रको वरियता तथा महिला र जनजाति भएका कारण शिवमाया पनि प्रभावशाली उम्मेदवार हुन सक्छिन् ।

भगवती चौधरी

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी ३ मा भगवती चौधरीले दुईपटक चुनाव जितिसकेको तर विजय गच्छदारलाई जिताउन सत्ताको दुरुपयोग भएको बताए । चौधरी दुवैपटक २०७० र २०७४ मा गच्छदारसँग ३ सयभन्दा कम मतान्तरले पराजित भएकी थिइन् । उनी तेस्रोपटक सोही क्षेत्रमा प्रतिस्पर्धामा उत्रिँदै गर्दा गच्छदारले उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने निश्चित छैन ।

मञ्जु चौधरी

पूर्वशहरी विकासमन्त्री मञ्जु चौधरी उदयपुर १ बाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा उत्रिँदैछिन् । २०७० मा निर्वाचित चौधरी २०७४ मा हालका परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग ३ सयभन्दा कम मतान्तरमा पराजित भएकी थिइन् । यसपटक उनी एमालेबाट उम्मेदवारको आकांक्षी छन् ।

उषाकला राई

प्रदेश १ की पूर्वमन्त्री उषाकला राई पनि प्रत्यक्ष उम्मेदवारका आकांक्षी हुन् । २०६४ सालमा संविधानसभा सदस्य बनेकी राई हाल प्रदेशसभा सदस्य छिन् । अहिलेसम्म समानुपातिकबाट मौका पाइरहेकी राई खोटाङबाट प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् ।

मधेस प्रदेश

जुलीकुमारी महतो

दुईपटक समानुपातिक र एकपटक प्रत्यक्ष उम्मेदवार बनिसकेकी जुलीकुमारी महतो ९महासेठ० मधेसबाट एमालेको सम्भावित प्रत्यक्ष उम्मेदवार हुन् । उनी धनुषा ३ बाट २०७० मा कांग्रेसका विमलेन्द्र निधिसँग झिनो मतले पराजित भएकी थिइन् । पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य महतो र उनका श्रीमान रघुवीर महासेठ दुवैजना उम्मेवार बन्ने सम्भावना छ ।

ज्वालाकुमारी साह

बाराबाट २०६४ मा संविधानसभा सदस्य निर्वाचित ज्वालाकुमारी साह अहिलेसम्म समानुपातिक होइन प्रत्यक्ष चुनाव लडेरै जितेकी मधेसी महिला नेतृ हुन् । उनी यसअघि २०७४ मा माओवादीको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

पार्टी विभाजनपछि उनले माओवादी छाडेर एमाले रोजिन् । एमालेको मधेस प्रदेश अध्यक्ष रहिसकेकी पोलिटव्युरो सदस्य साह बारा क्षेत्र नम्बर ३ बाट एमालेको सम्भावित उम्मेदवार हुन् ।

शारदाकुमारी थापा

महोत्तरी १ अन्तर्गत प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शारदाकुमारी थापा प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् । एमालेको संगठनमा स्थापित महिला नेतृ थापाले यसअघि पनि चुनाव लडेकी थिइन् ।

बागमती प्रदेश

बागमती प्रदेशमा एमालेका प्रभावशाली महिला नेतृ छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, सीता पौडेल, सुजिता शाक्य, वीना श्रेष्ठ, मीरा ध्वजूलगायत कोही पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा देखिएका छैनन् ।  केही युवा महिला नेतृले भने चुनावको लागि तयारी गरेका छन् ।

नवीना लामा

अनेरास्ववियुकी पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य नवीना लामा प्रत्यक्ष चुनावको तयारीमा छिन् । काभ्रे क्षेत्र नम्बर १ बाट उनले चुनाव लड्न चाहेकी छन् । हाल समानुपातिक सांसद रहेकी लामाले प्रत्यक्ष चुनाव लड्ने सम्भावना छ ।

इन्दिरा पन्त

एमालेकी युवा नेतृ इन्दिरा पन्त काठमाडौं महानगरपालिकाको मेयरको दाबेदार थिइन् । उपमेयर भए पनि उनी उठ्न तयार थिइन् । तर, पार्टीले नयाँ फेस ल्याएपछि उनी काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको दावेदार हुन् । क्षेत्रीय कमिटीबाट उनको नाम सिफारिस भइसकेको छ ।

गण्डकी प्रदेश

विद्या भट्टराई

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछिको उपनिर्वाचनबाट कास्की २ मा निर्वाचित विद्या भट्टराई दोस्रोपटक सोही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित छ । अनेरास्ववियुको उपाध्यक्षसम्म भएर पछिल्लो समय प्राध्यापनमा लागेकी भट्टराई अधिकारीको निधनपछि सक्रिय राजनीतिमा फर्किएकी हुन् ।

सीता गिरी वली

कास्कीकै ३ नम्बर निर्वाचन क्षेत्रमा पनि महिला नेतृ सीता गिरी वलीको सशक्त दाबी छ । एमाले केन्द्रीय सदस्य तथा २०७० सालमा सोही क्षेत्रबाट निर्वाचित संविधानसभा सदस्य वली पनि लोकप्रिय नेतृ हुन् ।

मना केसी

हाल समानुपातिक सांसद रहेकी मनकुमारी केसी ९मना० बागलुङ १ बाट प्रत्यक्ष निर्वाचनको लागि उम्मेदवार सिफारिस भएकी छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी केसीको क्षेत्रबाट यसअघि एमालेका डा। सूर्य पाठक निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेश

शान्ता चौधरी

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिकबाट निर्वाचित शान्ता चौधरी २०७० मा प्रत्यक्ष चुनाव लडेर पराजित भइन् । २०७४ मा समानुपातिक कोटाबाटै सांसद र एमालेको संसदीय दलको सचेतक बनेकी चौधरी पूर्वकमलरी हुन् ।

एमाले पोलिटव्युरो सदस्यसमेत रहेकी उनी यसपटक दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएकी छन् । सोही क्षेत्रबाट अर्की समानुपातिक सांसद गंगा चौधरी सतगौंवा पनि सिफारिसमा परेकी छन् ।

कोमल वली

राष्ट्रियसभाको २ वर्षे कार्यकाल पूरा गरेर दाङको राजनीतिमै सक्रिय रहेकी कोमल वली क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेकी छन् । उनी पछिल्लो समय जिल्लाकै राजनीतिमा सक्रिय छिन् र चुनाव जित्नसक्ने फिगरका रुपमा एमालेले उनलाई अघि सार्नसक्छ ।

सुदूरपश्चिम प्रदेश

कमला ओली

राष्ट्रियसभाकी पूर्वसांसद कमला ओली पनि प्रत्यक्ष निर्वाचनको तयारीमा छन् । उनी कैलाली २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको दाबेदार हुन् ।

निरु पाल

एकपटक प्रत्यक्ष निर्वाचन लडेर पराजित र हालकी समानुपातिक सांसद एवं एमाले पोलिटव्युरो सदस्य निरु पाल पुनः चुनावी मैदानमा उत्रिने तयारी छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट दावेदार हुन् । समाचार साभार ः नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर