१८ असार, काठमाडौं । सर्वोच्च अदालतले साढे चार वर्षअघि विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको नियुक्तिमा फैसला सुनाउँदैछ।

कार्यालय समय सुरु हुनासाथ छलफलमा जुटेका प्रधानन्यायाधीशसहित न्यायाधीशहरू छलफलमा छन् । यद्यपि अहिलेसम्म फैसला आउन सकेको छैन ।संवैधानिक इजलासका न्यायाधीश, रिट निवेदक, र पक्षमा बहस गरेका कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मी अलर्ट बसेका छन् ।

सर्वोच्च अदालतको दोस्रो तलामा रहेको संवैधानिक इजलासमा रिट निवेदक कानुन व्यवसायीहरू बसिरहेका छन् । बाहिर पत्रकारहरू बसिरहेका छन् ।उनीहरूले फैसला पर्खिरहेका छन् ।त्यसैको छेवैमा रहेको प्रधानन्यायाधीशको कार्यकक्षमा भने न्यायाधीशहरू बसेर छलफल गरिरहेका छन् ।

प्रधानन्यायाधीशको कार्यकक्षसँगै एउटा बैठक हल पनि छ । त्यहाँ बाहिरबाट सुरक्षाकर्मी र केही कर्मचारीहरू आवतजावत गरिरहेको देखिन्छ ।सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल केहीबेर अघिमात्रै त्यतातिर गएका छन् ।त्यो सँगै मुद्दा महाशाखा प्रमुख एवं प्रवक्ता अच्युत कुँइकेल पनि छलफल भएको स्थानतर्फ गएका छन् ।

त्यहाँ अरुलाई जान दिइएको छैन । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।स्रोतका अनुसार, न्यायाधीशहरू छलफलमा रहेको, फैसला तयार गर्ने काम भइरहेको छ । उक्त काम सकिएपछि फैसला सुनाउने तयारी गरिएको छ । यद्यपि कतिबेला आउँछ भन्ने अझै यकिन भएको छैन । समाचार स्रोत ः अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय