प्रेम श्रेष्ठ

असोज ११,रावाबेंशी । खोटाङको रावाबेंसी गाउँपालिकाले पहिलो पटक इलेक्ट्रोनिक कोष स्थानान्तरण बैंकिङ प्रणाली मार्फत शिक्षकको तलब व्यक्तिगत खातामा जम्मा गरिदिने भएको छ ।

बालबिकास शिक्षक तथा बिद्यालय कर्मचारी बाहेक सामुदायिक बिद्यालयका स्थायी शिक्षक, करार शिक्षक ,राहात शिक्षक तथा संघीय सिकाइ अनुदान शिक्षक र पालिका अनुदान शिक्षकको साउन, भदौं र असोज महिनाको चौमासिक तलब र चाडपर्व खर्च शिक्षकको व्यक्तिगत खातामा जम्मा गरिदिने कार्य गाउँपालिकाले सुरु गरेको हो ।

प्रधानाध्यापकले शिक्षकको तलबभत्ता निकासा र व्यवस्थापनमा खट्नुपर्ने समयमा शैक्षिक सुधारका क्रियाकलाप र बिद्यालयको व्यवस्थापनको काम गर्न सहज होस् भन्ने उद्धेश्यले ( Electronic funds transfer) इलेक्ट्रोनिक कोष स्थानान्तरण बैंकिङ प्रणाली मार्फत शिक्षकको तलब व्यक्तिगत खाताबाट प्रदान गर्ने कार्य गाउँपालिकाले सुरुवात गरिएको शिक्षा शाखा प्रमुख सन्तोष तिमल्सिनाले बताउनुभयो ।   उहाँले भन्नुभयो “बालबिकास शिक्षक तथा कर्मचारीहरुको तलब र चाडपर्व खर्च  ( Electronic funds transfer) इलेक्ट्रोनिक कोष स्थानान्तरण बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने प्रक्रिया गाउँपालिकाले अघि बढाइने तयारी भइरहेको तिमल्सिना जानकारी दिनुभयो ।”

गाउँपालिकाको यो कार्यले शिक्षकको तलबभत्ता निकासा गर्न, भरपाई तयार गरी बैंकमा पठाउन, विमा, सञ्चयकोष, सामाजिक सुरक्षा करकट्टी गर्न र सो वापतको रकम बैंकमा जम्मा गर्नुपर्ने समस्या अन्त्य भएको छ ।

विद्यालयको खातामा जम्मा हुने रकम सम्बन्धित शिक्षकको खातामा जम्मा हुने भएसँगैे प्रधानाध्यापकले शिक्षकलाई तलव खुवाउने झन्झट अन्त्य हुनेछ ।  गाउँपालिकाले शिक्षकको तलब भत्ताको भुक्तानीलाई सरल र सहज बनाउन लागि बैकिङ कारोबार गाउँपालिकाले सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय