खोटाङ, २६ असोज । शिखर स्पोर्टस् क्लब दिक्तेल रुपाकोट मझुवागढी–११ खार्मीले आगामी मङ्सिर पहिलोसाता खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । स्थानीय युवालाई खेलकुदको माध्यमबाट सक्रिय, अनुशासित र सिर्जनशील बनाउँदै स्थानीयस्तरमा रहेका फुटबल खेलाडीको प्रतिभा पहिचानगरी व्यवसायिक खेलमा प्रोत्साहन गर्ने उद्देश्यले मङ्सिर–१ गतेदेखि ५ गतेसम्म खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

खार्मीस्थित शिखर स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेता, उपविजेता तथा सेमीफाइनलिस्ट टोलीलाई क्रमश ः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५ तथा रु २१ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले सोमबार दिक्तेलबजारस्थित रैथाने खाजा घरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । साँस्कृतिक झाँकी तथा विविध साँगीतिक कार्यक्रमसहित आयोजना गर्न लागिएको प्रतियोगिता समापनको अवसरमा खेल क्षेत्रको विकासमा कमल चलाउने जिल्लाका एकजना पत्रकारलाई नगद रु पाँच हजार ५५५ राशिको ‘खेल पत्रकारिता पुरस्कार–२०८३’समेत प्रदान गरिने जनाइएको छ ।

जिल्लाभित्रका दशवटै स्थानीय तहका खेलाडीलाई सहभागी गराइने प्रतियोगिता इलाभेन साइज ९एघारजना खेलाडी सहभागी भएर खेलिने०मा सञ्चालन गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक हर्कराज राईले जानकारी दिनुभएको छ । विविध कार्यक्रमसहित पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ तथा विद्यागतरुपमा उत्कष्ट खेलाडीलाई नगद रु तीन हजार ३३३ का दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

नगरपालिकाका विभिन्न वडाका टोलीलाई सहभागी गराएर आयोजना गरिने प्रतियोगिताले वडाबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै नगरपालिकाको खेलकुद विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको क्बलका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभएको छ । “नगरपालिकाभित्र फुटबल खेलको विकास तथा प्रवद्र्धन गर्नुमा हाम्रो पनि दायित्व हुनुपर्छ । स्थानीयस्तरमा रहेका प्रतिभावान् खेलाडीको पहिचान र प्रोत्साहन गर्दै युवालाई खेलकुदमा सहभागी गराएर स्वस्थ तथा अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “युवामा नेतृत्व क्षमता, आत्मविश्वास र सामूहिक भावनाको विकास गर्छ । यसका लागि सबैको साथ, सहयोग र सकारात्मक सुझावको अपेक्षा गरिएको छ ।”

प्रथमपटक आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या तथा खेल तालिका आयोजक समितिले अर्को बैठक बसेर निर्धारण गर्ने सचिव शुष्मा राईले जानकारी दिनुभएको छ । खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालनका खेलहरू विश्वमा प्रचलित फुटबल नियम ९फिफाले निर्धारण गरेको नियम०अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक रेफ्री ९निर्णायक० तथा प्राविधिक जनशक्तिको व्यवस्था जिल्लाभित्रकै जनशक्तिलाई उपयोग गरिने जनाइएको छ । साँस्कृतिक झाँकी तथा मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताको उद्घाटन तथा समापन नगरप्रमुख र उपप्रमुखको उपस्थितिमा गरिने आयोजकले जनाएको छ ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा खेलमैदान निर्माण गरेको लामो समयपछि पहिलोपटक आयोजना गर्न लागिएको वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालनका लागि देश तथा विदेशमा रहेका शुभेच्छुकबाट सहयोग सङ्कलनलाई तीव्रता दिइएको आयोजकले जनाएको छ । प्रायोजक तथा शुभेच्छुकको आर्थिक सहयोगमा सञ्चालन गरिने वडास्तरीय फुटबल प्रतियोगिता करिब रु १५ लाखमा सम्पन्न गरिने अनुमान गरिएको कोषाध्यक्ष विकाश राईले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>