असार ६,खोटाङ । जि.फाउण्डेसन नेपाल ललितपुरको आर्थिक तथा सिर्जनशील भरिया समाज ऐसेलुखर्क –१ राखाबाङदेल खोटाङको प्राबिधिक र व्यवस्थापन सहयोगमा निर्माण गरिएको केपिलाशगढी गाउँपालिका –१ सुम्देस्थित गौरीपञ्चकन्या आधारभूत बिद्यालयको आठ कोठे नवनिर्मित भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

जि फाउण्डेसन ९८ लाख ९२ हजार, गाउँपालिकाको ६ लाख र ९ लाख ७३ हजार ३० रुपैयाँ स्थानियको जनश्रमदान गरि कुल १ करोड १४ लाख ६५ हजार ३० रुपैयाँको लागतमा निमार्ण गरिएको बिद्यालयको ८ कोठे भवन बिद्यालयलाई हस्तान्तरण गरिएको हो

नवनिर्मित बिद्यालयको भवन केपिलाशगढी गाउँपालिका अध्यक्ष समिर राई र फेदीका वडाअध्यक्ष निरकुमार राईले मंगलबार एक कार्यक्रमको बीच संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

“गुणस्तरीय शिक्षामा सुधार सँगै सुरक्षीत भवनमा शिक्षा आर्जन” भन्ने मूल उद्देश्यले निमार्ण गरिएको भवन बिद्यालयलाई हस्तान्तरण गरिएको श्री सिर्जनसिल भरिया समाज खोटाङकी कार्यक्रम अधिकृत निरञ्जना राईले बताउनुभयो ।

सुबिधा सम्पन्न बिद्यालयको भवन सञ्चालनमा आएसँगै पठन–पाठनमा टेवा पुग्नुका साथै अब विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीबीचको समन्वयनमा गुणस्तरीय शिक्षा प्रवाहमा सबैजना केन्द्रित हुनुपर्ने पालिका अध्यक्ष राईले सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर