
असार २९,खोटाङ । नेकपा एमाले निकट राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च खोटाङले २६ औं स्थापना दिवसको अवसरमा रक्तदान गरेर स्थापना दिवस मनाएको छ ।
रक्तदान तथा मानवसेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले आइतवार हस्पिटल चोक दिक्तेलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च खोटाङका अध्यक्ष युवराज रिजालले बताउनुभएको छ । दिवसकै अवसरमा समिक्षालय हलमा दिउँसो जेष्ठ नागरिकहरुसँग अन्तरघुलन कार्यक्रम गरि स्थापना दिवस मनाउने तयारी गरिएको अध्यक्ष रिजालले जानकारी दिनुभएको छ ।

रक्तदान कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी खोटाङका अध्यक्ष देवक्रिम राई,उपाध्यक्ष कुमार आचार्य,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर दीपनारायण रिजाल,नेपाली काँग्रेसका युवा नेता सन्जयकुमार राई र रक्तसञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्य लगायतको उपस्थिती रहेको थियो ।