संस्कार र संस्कृती संरक्षण गर्दै यसको निरन्तरता स्वरुप चाडपर्व मनाउने गरीन्छ । पारिवारीक मिलनको एउटा राम्रो अवसर पनि भएकाले चाडपर्वमा नातागोता, इष्टमित्र तथा साथीभाइसग भेटघाट गर्ने र खानपिनलाई पनि महत्वका साथ हेरीन्छ । त्यसमा पनि हिन्दू धर्मावलम्बी नेपालीकोे ठूलो पर्वको रुपमा रहेको दशैंमा त झन् खानपिन नै मुख्य हुन्छ । खानपिनमा ध्यान नदिनेहो भने स्वास्थ्यलाई गम्भीर असर समेत पर्न जाने चिकित्सकहरु बताउछन्
नियमित खाने कुराभन्दा दशैंमा अलि विषेश परिकारहरु पकाउने गरिन्छ । वर्षभर मासु खान नपाउने परिवारले पनि ऋण खोजेर भएपनि मिठो मसिनो खाने गर्दछन् । दशैंलाई मासुको पर्व हो भन्दा पनि फरक पर्दैन । दशैमा अन्य बेलाको तुलनामा मासुको ब्यापार बढी हुने गर्दछ ।
दशैंमा प्राय मासु अत्याधिक खाने चलन छ तर यो स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन । मासु चार–पाच दिनसम्म फ्रिजमा राखेर खादा संक्रमणको सम्भावना धेरै हुने चिकित्सकहरु बताउछन् । चाडपर्वका नाममा मासुजन्य पदार्थको बढी मात्रामा प्रयोग गर्न नहुने भन्दै मासु खादा मात्रा मिलाएर खान चिकित्सकहरु सुझाव दिन्छन् । यस्तै प्रेसर, सुगर, कोलेस्टेरोल वा मुटु, किड्नीको समस्या भएका व्यक्तिहरुले धेरै मासु खान नहुने चिकित्सकहरु बताउछन् ।
मासु खादा बासी, फ्रिजमा राखेको नभइ ताजा मासु खाने, कम बोसो भएको मासु खान चिकित्सकहरुको सुझाव छ । यस्तै तेल र मसलाको प्रयोग कम गर्नका साथै मासु सगै, सलाद, साग बढी खान र सकेसम्म उसिनेको मासु खान स्वास्थ्यका लागि फलदायी हुन्छ । कतिपयले चाडपर्वका अवसरमा भन्दै दशैंमा मासु र मदिरा धेरै खाने गर्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुने भन्दै मुटु तथा मष्तिस्कमा समस्या हुने र हृदयघात सम्म हुन सक्ने भएकाले यसको सेवन नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।
यस्तै चाडपर्वमा कोल्ड ड्रिङ्स पनि खाने चलन छ । कोल्ड ड्रिङ्समा गुलियो रिफाइन कार्वाेहाइडेट हुने हुदा मुटुका लागि खतरा मानिन्छ । त्यसैले यसको सट्टा जुस, ताजा फलफूललगायत अरु कुरा खाँदा स्वास्थ्यकालागि फलदायी हुने चिकित्सकहरु बताउछन् । चिकित्सकहरुले खानपिनलाई पनि बिशेष ध्यान दिदै चाडपर्वहरु मनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय