कोरोना विरुद्धको दोस्रो खोप लगाएका नागरिकमा बुस्टर खोप लगाउने विषयले अन्योल बनाएको छ ।

भेरोसेल खोप लगाएकाहरूले बुस्टर खोपका रूपमा कोभिसिल्ड लगाउन मिल्ने–नमिल्ने विषयमा विभिन्न टिकाटिप्पणी आएपछि खोप लगाउन लाइनमा लागेहरूमा दोमन देखिएको हो ।खोपको प्राविधिक विषयमा आधिकारिक जानकारी नआउँदा यस्तो स्थिति आएको हो ।

यतिबेला सरकारले ज्येष्ठ नागरिकदेखि अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज लगाइरहेको छ । पहिलो र दोश्रो डोज कोभिसिल्ड खोप लगाएकाहरूले सामान्य रूपमै खोप लगाइरहेका छन् ।

तर, भेरोसेल खोप लगाएकाहरू भने खोप नपाएर अन्योलमा छन् ।

भेरोसेल खोप अभाव भएपछि केहीले बुस्टर डोजको रूपमा कोभिसिल्ड लगाए भने केही ज्येष्ठ नागरिक भने अझै द्विविधामा छन् ।

बुस्टर खोपले आफ्नो शरीरमा पार्ने प्रभावबारे उनीहरूमा हिच्किचाहट छ । कोभिसिल्ड लगाउन मिल्ने भन्नेमा अलमल हुँदा तोकिएका खोप केन्द्रहरूमा पछिल्लो समय खोप लगाउनेको चाप घटेको देखिन्छ ।

स्वास्थ्यकर्मीहरूले खोप लगाउने आउनेलाई सम्झाइ बुझाइ गरे पनि घरलौरी चेतना नपुग्दा उनीहरूले खोप लगाउन अन्कनाइरहेका छन् ।

हुन त विश्वका कयौं देशमा पहिलो र दोश्रो डोज कोभिसिल्ड र एस्ट्राजेनेका लगाए पनि तेश्रो डोज बुस्टरका रूपमा भरोसेल लगाउने अभ्यास नभएको होइन ।

तर, अभाव भएपछि सरकारले गरेको यो निर्णयले भने आम मानिस रनभूल्लमा छन् । यस्तो अवस्थाको निदानका लागि सरकारले एउटा खाेप लगाएकाहरूले अर्काे कम्पनीकाे खाेप लगाउने निर्णय गरिसकेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ ।

काठमाडौं उपत्यकाभित्रै खोपका विषयमा सूचना र चेतनाको अभाव रहेको स्पष्ट हुन्छ । त्यसैले खोपलाई जोखिम नभइ अवसरका रूपमा बुझाउन प्रभावकारी सूचना संयन्त्र बनाउन बाञ्छनीय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर