
बैशाख १५,खोटाङ । योङ कम्युनिष्ट लिग (वाइसिएल)खोटाङको प्रथम जिल्ला सम्मेलन दिक्तेलमा हुने भएको छ । सोमबार दिलकाजी ‐ठूलकुमार स्मृति प्रतिष्ठानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वाइसिएलको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन बैशाख २४ गते दिक्तेलमा हुने जानकारी दिएको हो ।
“सुशासन,सामाजिक न्याय सहित श्रम,उत्पादन र रोजगारीको लागि सचेत युवा अभियान,समाजवादी क्रान्तिको प्रथम ऐतिहासिक जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ दिक्तेलको समिक्षालय हलमा प्रथम सम्मेलन हुने वाइसिएल नेपाल खोटाङका संयोजक किसान राईले बताउनुभएको छ । जिल्ला सम्मेलनको अवसरमा दिक्तेल बजारमा बृहत मोटरसाइकल र्याली ‐जुलुस गर्ने समेत कार्यक्रम तय भएको संयोजक राईले जानकारी दिनुभएको छ ।
सम्मेलनलाई भव्यरुपमा सफल पार्नको लागि उपसमितिहरु गठन गरेको वाइसिएल खोटाङले जनाएको छ । मुल व्यवस्थापन उपसमिति संयोजक किसान राई,आर्थिक उपसमिति संयोजक शरद राई,प्रतिनिधि÷पर्यवेक्षक व्यबस्थापन तथा स्वयमसेवक परिचालन उपसमिति संयोजक प्रभात राई, मञ्च व्यबस्थापन उपसमिति संयोजक लेख बहादुर रम्तेल र प्रचारप्रसार तथा प्रकाशन संयोजक सुभलाल राई (आदेश)लाई संयोजकको जिम्मेवारी तोकेको जिल्ला संयोजक राईले जानकारी दिनुभएको छ ।
जिल्ला सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अनुशासन आयोगका अध्यक्ष टंक राईले गर्ने कार्यक्रम तय भएको बताइएको छ । प्रथम जिल्ला सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गर्नेछ । सम्मेलनमा ९५ जना प्रतिनिधिहरुको सहभागिता हुने वाइसिएलका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुभलाल राई (आदेश)ले बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका सचिवालय सदस्य सुरेश कुमार राई, माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे (आकाश),जिल्ला सदस्य सुवन श्रेष्ठ, वाइसिएलका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुभलाल राई (आदेश) र केन्द्रीय सदस्य शरद राई लगायतको उपस्थिती रहेको थियो ।