बैशाख ३१,खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिका कार्यसमितिका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको छ । बुधवार एमाले रावाबेंसी गाउँपालिका कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला  कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका कार्यसमितिका सभापति  कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको हो ।

पाण्डेलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बिशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेंसी गाउँपालिका पूर्व अध्यक्ष लिलानाथ निरौला र गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ लगायतले अबिर र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशी पाण्डेलाई उचित मूल्यांकन गरेर पार्टीको जिम्मेवारी प्रदान गरिने पोलिटब्युरो सदस्य भट्टराईले बताउनुभयो ।

एमाले नै देशको प्रमुख शक्ति भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको कृष्णप्रसाद पाण्डेले बताउनुभएको छ । एमालेमा प्रवेशको औचित्य प्रष्ट्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने सहकारी ठगी प्रकरण मुछिएर जेल चलान भएको  र  राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न असमर्थ रहेकोले एमालेमा प्रवेश गरेको पाण्डेले जानकारी दिनुभएको छ ।

पालिका कमिटी अध्यक्ष यज्ञ नायरायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेंसी गाउँपालिकाका पूर्व अध्यक्ष लिलानाथ निरौला, गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङ, एमालेका नेताहरु बाबुराम जोशी, बीरेन्द्र मगर, भीम पान्डे, यादव घिमिरे, एल बि मगर, पहलमान मगर, बिष्णु उपरकोटी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय