झापा,  सुपारी खेतीको विकासमा सरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि झापामा किसानहरु सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्याक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत सिँचाइ, गोदामघरदेखि प्रशोधनसमेतमा अनुदान दिन थालेपछि किसानहरू खेतीमा आकार्षित हुँदै गएका हुन् । सुपारी जोन कार्यक्रमले पूर्वी नेपालमा बर्सेनि सुपारी खेती विस्तार हुँदै गएको छ ।
सुपारीका लागि उर्वर जिल्ला मानिने झापामा दुई हजार ७२१ हेक्टर क्षेत्रफलमा खेती हुदैआएको छ । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापाबाट उत्पादन हुदैआएको छ । जसमा दश हजार ३३९ दशमलव ८ मेट्रिक्टन सुपारी उत्पादन हुँदै आएको ज्ञानकेन्द्रले जनाएको छ ।
विगतमा आफ्नै बलबुताले खेती गर्दै आएका किसानलाई सरकारले सहयोग गरेपछि उत्साहित भएका हुन् ।

सुपारीजोन कार्यक्रमले यसवर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रवीन्द्र सुवेदीले बताए ।
उनका अनुसार सुपारीको पातबाट दुना, टपरी बनाएर कृषकले राम्रो आम्दानी गर्नसक्छ । जोनले टपरी, दुना निर्माण गर्ने मेसिनमा अनुदान दिएपछि विगतमा त्यसै खेर जाने सुपारीको पात अहिले प्रयोगमा आएका हुन् ।
सुपारी सम्बन्धी विज्ञ, कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र पशिक्षणसमेत दिइँदै आएको छ । चार वर्षदेखि संचालन भएको सुपारीजोन कार्याक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको अर्जुनधारा ९ का किसान दिनबन्धु पोखरेलले बताए । ‘पहिला हाम्रो तरिकाले खेती गर्दै आएका थियौँ । अहिले राज्यले पनि सहयोग गरेपछि धेरै सहज भएको छ,’ उनले भने, ‘अहिले क्रमशः खेतीको पनि विस्तार हुँदै आएको छ ।’
सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मूल्य समेत बढ्दै गएको छ । तीन वर्षअघि २५ देखि ३० रुपैयाँ प्रतिकेजी बिक्री हुने काँचो सुपारीको मूल्य पछिल्लो समय ५० देखि ७० रुपैयाँ प्रतिकेजीसम्म पुगेको लामो समयदेखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आएका रघुनाथ गुप्ताले बताए । सुपारीको मूल्यमा समेत सुधार आएकाले कृषकले उत्साहित भएर खेती गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर