फागुन१५,खोटाङ । खोटाङको दिक्तेल बजारमा “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” सुरु भएको छ ।“जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारा सहित आयोजना गरिएको सम्मेलनमा बाँसको अध्ययन तथा अनुसन्धान, संरक्षण,बजारीकरण, दिगो विकास, उपयोग र उद्यमशीलता,प्रकृतीको संरक्षण गर्नु साथै नेपाल सरकारलाई बाँस सम्बन्धी कानुन र दीर्घकालीन निति निर्माण गर्नको लागि दवाव सिर्जना गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको संयुक्त आयोजनामा गरिएको तीनदिने सम्मेलनको बिहीबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले माटिकोरे कबर्डहलमा बाँसबाट बनेको यलम्बर बाजा बजाएर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री ठकुरीले भन्नुभयो बाँससँग सम्बन्धित राष्ट्रिय नीति, निर्माण गर्नको लागि “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”ले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आवश्यक कानुन र निति निर्माण गर्नको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।वन तथा वातावरण मन्त्रालयमा बाँसजन्य फर्निचरका सामाग्रीहरु प्रयोग गर्ने मन्त्री ठकुरीले बताउनुभएको छ ।

सम्मेलनमा बाँस सम्बन्धी बहुआयामिक महत्व,उपयोगिता, बाँसको संरक्षण, बजारीकरण, दीगो विकास, बासको उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण र स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यले “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ को आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभएको छ । बाँस सम्मेलन मार्फत नेपाल सरकारलाई बाँस सम्बन्धी कानुन निर्माण र दिर्घकालीन निति निर्माण गर्नको लागि दवाव सिर्जना गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मेयर भट्टराईले बताउनुभयो ।

४४ जना विशिष्ट व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत हुनेछ । सम्पूर्ण कार्यपत्रको निचोड सहित बाँस सम्बन्धी खोटाङ घोषणापत्र जारी गरेर बाँस सम्मेलन समापन गरिने मेयर भट्टराईले जानकारी दिनुभएको छ ।

सम्मेलनमा जिल्ला बिहिरबाट २८ र जिल्लभित्रबाट ५२ बढी स्टल राखिएको छ । बाहिरबाट करिब तीन सय हाराहारीमा बिज्ञहरुको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ । सम्मेलनमा लिङ्गे पिङ, रोटे पिङ र बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता राखिएको नगरपालिकाले जनाएको छ ।

करिब ४७ लाख रुपैंयाँ बराबरको खर्च हुने अनुमान गरिएको बाँस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंयाँ मात्र बजेट बिनियोजन  गरेको नगरपालिकाले जनाएको छ । अन्य खर्च सह आयोजकहरुले गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय