फागुन १६,खोटाङ । महिला उद्यमी संघ नेपाल खोटाङको अध्यक्षमा पुन बिमला राई चयन हुनुभएको छ । शुक्रबार उद्योग बाणिज्य संघको कार्यालय दिक्तेलमा भएको दोस्रो जिल्ला अधिवेशनबाट बिमला राईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा हिरा श्रेष्ठ,सचिवमा चन्द्रकला भुजेल, सह‐सचिवमा गमिता राई र कोषाध्यक्षमा सन्जु खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा शर्मिला कट्वाल, सिता शर्मा, मुना बास्तोला, मिना कुमारी आचार्य, ममता राई, बिन्दा बानियाँ, शिरसाङ तामाङ, लिलादेवि पौडेल, उषा रिजाल, चन्द्रकला रिजाल, उषा खत्री बस्नेत, रमा शाक्य, मनिशोभा राई र पदम कुमारी शैंजु चयन हुनुभएको छ ।

महिला उद्यमी संघ नेपाल खोटाङकी अध्यक्ष बिमला राईको अध्यक्षता तथा महिला उद्यमी संघ नेपालको केन्द्रीय अध्यक्ष शोभा ज्ञावलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अधिवक्ता तथा पत्रकार सुष्मा पौडेलले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । अध्यक्ष राईले संस्थाको बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष सन्जु खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा महिला उद्यमी संघ नेपालकी द्वितीय उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्ष वसन्ती प्रधान,संविधानसभा सदस्य दुर्गाजयन्ती राई, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिणादेवी राई,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिशन राई,उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्य, उद्योग बाणिज्य संघ खोटाङका पूर्व अध्यक्ष खुशनारायण सैंजु,घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्री लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष हिरा श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव मेनुका राईले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय