दमक — झापाको दमकमा सडक भत्काएर अलपत्र छाडिएपछि सामान्य बर्षात हुँदापनि नागरिकले सास्ती भोग्नुपरिरहेको छ । लामो समयदेखी धुलोको हैरानी खेपेका यहाका स्थानीय ब्यापारीदेखी लिएर सर्बसाधारणले ६ महिनापछि भएको हिउँदे बर्षाका कारण थप सास्ती भोग्नुपरिरहेको हो ।
चैते धान रोप्नलाई हिल्याईएको खेतजस्तै बनेका छन् दमकका सडकहरु । दमक बजार भित्रका सडकहरु सामान्य मात्रै वर्षात हुदा पनि हिडिनसक्नुको हुने गरेको छ । हिलाम्मे हुन्छन । जताततै साना देखी ठुला खाल्डा बनाएर छोडीएकोले पानी जमेका छन् । यसले गर्दा दुर्घटनाको जोखिम समेत बढाईरहेको छ । सडक भत्काएर अलपत्रै छाडिएपछि यहा कति दुर्घटना भए, कति सर्बसाधारण लढे त्यसको लेखाजोखा छैन । दमकस्थित देबकोटा चोकका ब्यापारी अजित शंकर स्थानीय ब्यापारीले भोग्नुपरेको सास्तीको त कुरा गरि साध्यैपनि नभएको बताउछन् ।
बिगत ४ बर्षदेखी यहाका नागरिक हिलो र धुलोको सास्ती खेप्न बाध्य बनाईएका छन् । सि फेज ढल निर्माण गर्ने भन्दै पाईप बिछ्याउन भत्काईएका दमकका चिल्ला सडकहरुको अवस्था यतिबेला भद्रगोलको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत यहा काम भईरहेको छ । निर्माणको जिम्मा पाएको जे एस सि स्वामीनारायण आशीर्वाद जेभीले समयमा काम नसक्दा यहाका स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् । स्थानीय बिमल आचार्य घाम लाग्दा धुलोको हैरानी र पानी पर्दा हिलोको सास्ती खेप्नुपर्दा आजित भईसकेको सुनाउछन् ।
दमकका चिल्ला सडक यो अवस्थामा पुर्याईनु भनेको नदुखेको टाउको दुखाउनु सरह भएको दमकवासीको बिश्लेषण छ । सडकको अवस्था देखेर आजित भएका सर्बसाधारणले कमिसनको चक्करले समस्या उब्जाएको आरोप लगाउन थालेका छन् ।
आयोजना अन्तर्गत दमकमा कुल ५४ किलोमिटर सडक भत्काएर पाईप बिच्छाउने काम हुने छ । भत्काइएका यी सडक अहिले कामको जीम्मा लिएकै कम्पनीले पहिला जस्तो थियो त्यस्तै अवस्थामा बनाइदिनु पर्ने सर्त छ । अहिले सम्म ४५ किलोमिटर सडकमा पाईप बिच्छाईसकिएको छ । तर, पाईप बिच्छ्याएर सकिएपनि भत्काईएका सडक पुनर्निर्माणमा भने निर्माण कम्पनीले बेवास्था गर्दा समस्या उत्पन्न भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर