काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी एक्टिभिज्म रियालिटी शो ‘द एक्टिभिस्ट’मा निर्णायकको रुपमा आफ्नो भूमिकाको लागि माफी मागेकी छिन् । उनले यो शोले ‘बुझ्नमा गल्ती गरेको’ बताएकी छिन् । द एक्टिभिस्ट शिक्षा, स्वास्थ्य र पर्यावरणका सिवषयमा काम गर्ने यस्ता व्यक्तिहरुको च्यालेन्ज शो हो जो जी २० देशहरुको सम्मेलनमा सहभागी हुनको लागि यो शोमा एक अर्कासँग प्रतिस्पर्धा गर्छन् ।
शोको फर्म्याटलाई लिएर निर्माताहरुले पनि माफी मागेका छन् । जब यो शोका प्रस्तुतकर्ताको नाम घोषणा भएको थियो त्यतिबेला यस विषयमा सामाजिक संजालमा धेरै विरोध भएको थियो । प्रियंका चोपडाले आफूले विरोधमा उठेका यी आवाजहरु सुनेको बताएकी छिन् । सामाजिक संजालमा पोस्ट गरिएको एक सन्देशमा उनले लेखेकी छिन् ‘गत हप्ता मैले तपाइँहरुको आवाज सुनें र म त्यसको शक्तिबाट प्रभावित छु । मुद्दालाई बुझ्ने कुरामा शोबाट गल्ती भएको छ र मलाई दुःख छ कियसमा मैले भाग लिँदा तपाइँहरुमध्ये धेरैलाई चोट परेको छ ।’
उनले अगाडि लेखेकी छिन् ‘यसको उद्देश्य ती मानिसहरुलाई अगाडि ल्याउनु थियो जो पर्दापछाडि रहेर ठूला आइडियामा नथाकी काम गर्छन् । यसको उद्देश्य उनीहरुको नामलाई अगाडि ल्याउनु थियो र त्यसको प्रभावबारे बताउनु थियो ।’ यो शोलाई लिएर सामाजिक संजालमा यसको फरम्याट अलग अलग मुद्दामा काम गरिरहेका व्यक्तिहरुबीच प्रतियोगिता गराउने र यस्तो गरेर विश्वव्यापी रुपमा अहम मुद्दाहरुलाई गौण गराएर रियालिटी टिभीमा देखाउने भएको भन्दै आलोचना भइरहेको थियो । शोको सुटिङ पूरा भइसकेको छ । अब भने यसलाई एक डकुमेन्ट्रीको रुपमा देखाइनेछ । यो डकुमेन्ट्रीमा तिनै अभियन्ताहरु हुनेछन् जसले यो शोमा भाग लिएका थिए ।
https://www.instagram.com/p/CT5Tv36LKZ8/?utm_source=ig_web_copy_link