सर्प यस्तो जीव हो जुन मानिसको लागि सदियौं देखि चासोको केन्द्र बन्दै आएको छ।
सर्पको बारेमा अहिलेसम्म हजारौं खोज अनि अनुसन्धान भइसकेको छ तर पनि अझै यो जीवको सबै रहस्य खुलिसकेको छैन। पौराणिककाल देखिनै सर्पसंग जोडिएका सयौं मान्यता समाजमा फैलिएका छन्। यी मान्यतामा केही अन्धविश्वास पनि नजोडिएका हैनन, जुन सदियौं देखि डरका कारण बन्दै आएका छन्। यहाँ सर्पसंग जोडिएका यस्तै अन्धविश्वासको बारेमा चर्चा हुदैछ।सर्पसंग जोडिएको यो मान्यता निकै चर्चित छ कि नाग संग चकमदार, अनि मुल्यवान मणि हुन्छ। जीव विज्ञानको अनुसार यो मान्यता केवल एक अन्धविश्वास मात्र हो। विश्वमा अहिलेसम्म जति पनि सर्पको बारेमा जानकारी प्राप्त भएको छ, ती सर्प मध्ये कुनै सर्प पनि मणिधारी छैन।मान्यता छ कि केही नाग इच्छाधारी हुन्छ अर्थात आफ्नो इच्छा अनुसार रुप बदल्न सक्छ र कहिले काही मानवकै रुप पनि धारण गर्दछ। तर यो केवल कथाको लागिमात्र सुहाउने विषयवस्तु हुन आउँछ, यो केवल कल्पना मात्र हो।
यहि विषयमा अनेकौं फिल्महरु पनि बनाइएका छन्, त्यसैले पनि यो मान्यता चर्चित छ।सर्पले आफ्नो साथीको मृत्युको बदला लिन्छ? समाजमा निकै चलेको मान्यता मध्ये यो पनि एक पर्छ कि कसैले सर्प मारे मर्ने सर्पको आँखामा मार्ने मानिसको तस्बिर रहिरहन्छ, जसलाई चिनेर सर्पको साथी सो मानिसलाई पछ्याइ टोकेर साथीको मृत्युको बदला लिन्छ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to efocusnews.com
Design: Ytech