बलिउडका स्वर्गीय नायक सुशान्त सिंह राजपुतका फ्यानहरु आज पनि उनलाई संझिरहेका छन् । उनलाई माया गर्ने फ्यानहरुले आज पनि सुशान्तको सामाजिक सञ्जाल लाई फलो गरिरहेका छन् । यस्तो बेलामा कुनै पनि पोस्ट तथा अप्डेटलाई लिएर फ्यानहरुलाई हैरान हुने गरेको छ ।

यसैक्रममा हालै सुशान्तको फेसबुक पेजमा उनको नयाँ प्रोफाइल फोटो अप्लोड गरिएको छ । यस बिषयलाई लिएर उनका फ्यानहरु दोधारमा परेका छन् । अक्सर यस्तो हुने गरेको छ कि मृ त्यु पछि कसैको प्रोफाइल अप्डेट गरिदैन । तर हालसालै सुशान्तको आधिकारीक फेसबुक पेजमा प्रोफाइल फोटो फेरिएको छ ।

यस प्रोफाइल फोटोको कमेन्टमा फ्यानहरु एकदमै इमोश्नल भएको देख्न सकिन्छ । कतिपय यस बदलावलाई लिएर भाबुक भएका छन् भने कतिपय कस्ले यस्तो गर्न सकेको भन्दै रिसाएका छन् । कतिपयले त सुशान्त फेरी वापस आएको भन्दै प्रतिक्रिया दिएका छन् । तर वास्तवमा सुशान्त सिंह राजपुतको पीआर टीमले आज पनि उनको सामाजिक सञ्जाल सम्हाली रहेको छ ।

यसैक्रममा सोही टीमले उनको पेजमा नयाँ तस्बीर लगाई दिएका हुन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्– यस्तो लागिरहेको छ कि सुशान्त वापस आएका छन् । अर्का युजर लेख्छन्– सधै हाम्रो यादमा रहने छौ । त्यस्ता अर्का एक जनाले भने रिस पोख्दै लेखेका छन्– यो कसरी हुन सक्छ ? को हो यो तस्बीर बदल्ने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय