सोलु, २०७८ भदौ २४ गते ।

सोलुखुम्बु थुलुङदुधकोशी गाऊपालिका ८ दिप्लीघाट स्थितमा लु३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् भने सहचालक खोटाङ ऐसेलुखर्क ३ का १८ बर्षीय प्रदिप दाहाल समेत सामान्य घाईते भई स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ । हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा आफै अनियन्त्रित भई सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर