झापा । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा निर्वाचन विभागका प्रमुख अग्नि खरेलले एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन पार्टी केन्द्रीय कमिटी लागि परे पनि माधव नेपालले दाम्लो चुँडाएर पार्टी फुटाएको आरोप लगाएका छन् ।

प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खरेलले पार्टी जेठ २ गते अघि जाने कुरामा व्यवहारिक रूपमा कहीँ समस्या भए त्यसलाई व्यवहारिक रूपमा नै हल गर्ने सकिने बताए ।

जेठ २ अघि फर्कने कुरामा कुनै समस्या नरहे पनि पार्टीमा केही टेक्निकल कुराले समस्या भएको बताउँदै नेता खरेलले अगाडि भने – यताको अध्यक्ष हुने मान्छे उता गएको रहेछ भने के गर्ने ? त्यस कारण पार्टी भित्र देखिएका विवादित कुरा मिलाउन पार्टीको केन्द्रीय कमिटीले छुट्टै कार्यदल बनाएको छ ।

जेठ २ गते फर्कन १० बुँदे सहमति गरिएको हो भन्दै नेता खरेलले भने – दश बुँदे सहमति गरिए पनि माधव नेपाल दाम्लो चुँडाएर हिँडेका हुन् ।
नेपाली उखानसँग माधव नेपाललाई जोडेर ‘सुनको डल्लो दिए पनि त्यसले कुरो मान्दैन’ भन्दै नेता खरेलले माधव नेपाललाई नै अगाडि राखेर १० बुँदे सहमति गरेको बताए ।
माधव नेपालले मन बचन र कर्मले पार्टी फुटाए पनि तपाई हामी सबै मिलेर अब नेकपा एमालेलाई एकताबद्ध भएर नयाँ ढङ्गबाट अघि बढाउनु पर्छ भन्दै उनले सहिद र जनताका सपना पुरा गर्न साना तिना कुरालाई विसर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले पार्टी केन्द्रको निर्देशन अनुरूप झापा जिल्ला कमिटीका बैठकहरू आयोजना गर्न सुरु गरिएको बताए ।
पार्टीमा देखा पर्ने समस्यालाई हल गर्न रवनि कोइरालाको संयोजकत्वमा झापामा छुट्टै कार्यदल समेत तयार गरिएको नेकपा एमाले झापाका अध्यक्ष पाठकको भनाई छ । नेकपा (माओवादी केन्द्र) सँग एकीकरण गर्नुभन्दा अगाडिको अवस्थामा फर्किन तयार रहनु नै जेठ २ गते अघि फर्कनु हो । नेकपा (एमाले) ले २०७५ साल जेठ २ नेकपा (माओवादी केन्द्र) सँगै पार्टी एकीकरण गरेको थियो । टाइम्स अफ प्रदेश बाट

प्रतिक्रिया

सम्बन्धित खवर