काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको छ । मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगे ।

मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ उनीहरुले नाचगानसहित रमाइलो गरिरहेको देख्न सकिन्थ्यो । रातो सेरवानी कुर्तामा सलोन आकर्षक देखिएका थिए । रातो ब्लाउज र सेतो कुर्थामा करिश्मा पनि सुन्दर देखिएकी थिइन् । ‘यात्रा’ फेम्ड अभिनेता सलिनमान बनियाले सलोनलाई काँधमा बोकेर नाचेका थिए ।

मंगलबार चन्द्रागिरी रिसोर्टमा हुने विवाह समारोहमा १ हजार २०० जति जन्ती उपस्थित हुने सलोनका बुवा तथा फिल्म निर्देशक शोभित बस्नेतले जानकारी दिए । भुवन, पूजा, वर्षा राउत, सलिनमान लगायतलाई विवाहमा निम्तो दिइएको छ ।

सलोनलाई डोलीमा चढाएर रिसोर्टमा लैजाने तयारी छ । महिला समूहले नौमती बाजा बजाएर जन्ती लैजानेछन् । ‘सबैले भुल्दै गएको नेपाली वैवाहिक संस्कृतिलाई जगेर्ना गर्न नौमती बाजा र डोली प्रयोग गर्नेछौं,’ शोभितले भने । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर