काठमाडौं । सरकारले केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको लगानी मोडालिटीबारे अध्ययन गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष ०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यस्तै, पूर्व–पश्चिम रेलमार्गको निर्माणलाई तीव्रता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
