१५ पुस,खोटाङ । खोटाङको बुइपामा सर्वाधिक राशीको ‘प्रभुराम राई आमन्त्रित फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १४ स्थित बुइपा–११ स्पोर्टस् क्लब खोटाङको आयोजना तथा बुइपाका स्थानीयवासी प्रभुराम राई परिवारको मुख्य प्रायोजनमा आगामी माघ–७ गतेदेखि ११ गतेसम्म प्रभुराम राई कप–२०८२ आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

बुइपास्थित यलम्बर रङ्गशालामा सञ्चलन हुने आमन्त्रित पुरुष फुटबल प्रतियोगिताका विजेतालाई नगद रु ३ लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले मङ्गलबार दिक्तेलस्थित होटल शुभदिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

खेल क्षेत्रको समग्र विकासमा लाग्नुभएका ८२ वर्षीय बुबा प्रभुराम राईको सम्मान गर्दै जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको उहाँका जेठा छोरा तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका (१४ का वडाअध्यक्ष दिनेश राईले बताउनुभएको छ ।

प्रतियोगिताको सम्पूर्ण आर्थिक खर्च परिवकारका सदस्यहरुले मिलाएका छौँ । राईले भन्नुभयो प्रतियोगिता सम्पन्न गर्न रु १७ लाख तीन हजार लाग्ने अनुमान गरिएको छ ।

जिल्लाभित्रका ६ तथा बाहिरी जिल्लाका ४ वटा फुटबल क्लबका खेलाडी सहभागी हुने प्रतियोगिताका उपविजेताले नगद रु १ लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सेमिफाईनलिष्ट दुईवटा समूहलाई नगद रु ५०÷५० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिने आमन्त्रित फुटबल प्रतियोगिता अवधिभरका सर्वोउत्कृष्ट खेलाडीलाई नगद रु २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने स्पोर्टस् क्बलका पूर्वसचिव ओमप्रकाश घिमिरेले बताउनुभएको छ ।

प्रभुराम राईले खेलाडी उत्पादन तथा खेलमैदान निर्माणमा पु¥याउनुभएको योगदानको सम्मानमा उहाँका परिवारले प्रतियोगिता गर्नु खेलाडीहरुका लागि अवसरको विषय भएको जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रवबिक्रम राईले बताउनुभएको छ । प्रभुराम राईको यो उमेरसम्म पनि खेल क्षेत्रको समग्र विकासमा लागिरहनु हाम्रो लागि प्रेरणाको विषय हो । उहाँले भन्नुभयो, यो प्रतियोगिता हामी सबैको साझा प्रतियोगिता हो । यसलाई सफल बनाउन सबैको सहयोग अपरिहार्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>