काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाँजू श्रेष्ठले जानकारी दिनुभयो ।
माइक्रो सडकबाट करिब ७५ फिट तल खसेको छ ।
दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माइक्रोमा चालकसहित २० जना यात्रु सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर