असार ९,काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा संसदीय दलको बैठक बस्नेछ । त्यस्तै साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक बस्नेछ । बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने एमालेले जनाएको छ ।

