मोरङ, पौष १६ गते । मोरङको बिराटनगर-१४ स्थितबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षिय निसान चौधरी र इटहरी-१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन ।

हिजो राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७  नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा  लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो । खैरो हिरोईन फेला परे सगै मोटर साईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर