विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी  अवस्थाबारे जानकारी लिएका छन् ।
पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै को भिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । प्रदेश सरकारले संचालन गरेको अस्पतालमा अक्सिजन चाहिने र गम्भीर प्रकृतिका संक्रमितलाई उपचार सेवा उपलब्ध छ ।
मन्त्री कार्कीले भने,”भित्र चिकित्सकहरु नजाने गरेको, उपचारमा हेलचेक्राइँ हुने गरेको बाहिरबाट गुनासो आउने गरेको थियो त्यही भएर आफै अवस्था बुझ्न गएको हुन ।” कार्कीले उपचारमा कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र फेरि ओमीक्रोन संक्रमण बढ्न सक्ने देखिएकोले  अस्पतालको व्यवस्थापन लगायतका विषयमा छलफल गरी जानकारी दिएको मन्त्री कार्कीले बताए ।
कोशी कोभिडमा एक सय बेडसहित आइसियु र भेन्टीलेरको समेत सुविधा छ ।‌ अहिले अस्पतालमा उपचार गर्नु पर्ने बिरामीको लागि कोशी कोभिडमा मात्र सेवा उपलव्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर