दमक/झापाको दमक ४ स्थित कृष्णमन्दिरमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी विजय थापा र उनको परिवारले स्थानीय विपन्न २५ परिवारलाई कम्बल वितरण गरेको छ ।

थापाले आफना छोराछोरीको उपनयन तथा गुन्यु चोली कार्यक्रमको आशिंक खर्च कटौती गरेर जाडोमा न्यानोका लागि विपन्न तथा असहाय परिवारलाई प्रति परिवार एक /एक थान कम्बल वितरण गरेको हो । थापा स्थानीय सुनचाँँदी पसलका प्रोप्राइटर समेत हुन ।

दाता परिवारको तर्फबाट कविता थापाको अध्यक्षता र दमकका युवा सामाजिक व्यक्तित्व तथा लायन्स क्लब इन्टरनेशन ३२५ एवानका डिस्ट्रक गभर्नर सल्लाहकार अजय अग्रवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका वक्ताहरुले थापा परिवारले आफनो कमाईको केही हिस्सा समाजको परोपकारी काममा खर्च गरेर उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

सो अवसरमा दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खडका, असहाय मानव सेवा समाजकी उपाध्यक्ष सुजा बुढाथोकी, सामाजिक व्यक्तित्वहरु केपी भट्टराई, रुपक दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय रोमनसिंह धिमालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय