राजविराज – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक वृद्धको बुधवार दिउँसो घाटी रेटेर हत्या भएको छ ।
विहानै घरबाट निस्केका वडा नम्वर ६ खुदिबखारीका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या भएको हो । छिन्नमस्ता सडक खण्डको झौखराही नामक फुलबारीबाट दिउँसो ४ बजेतिर उहाँको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभएको छ ।
‘घाटी रेटिएको अवस्थामा उनको शव बरामद भएको छ’ उहाँले भन्नुभयो–‘घटनास्थलमा प्रहरी खटाएर अनुसन्धान थालेका छौं ।’
हत्याको कारण भने खुल्न नसकेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर