चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि चितवनको नारायणी नदी किनार सजाइँदै छ । महाधिवेशनका लागि नदी किनार सरसफाइ गरिएको छ ।

नारायणी नदी किनार महाधिवेशनको उद्घाटन स्थल भएकाले अहिले मुख्य मञ्च बनाउने काम भइरहेको छ । यस्तै २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । याे महाधिवेशनकाे उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी हुने एमालेले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गर्ने तय भएको छ ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ बनाइएकाे हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी ‘सेल्फी प्वाइन्ट’ बनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर