नेकपा (एमाले)का पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् । त्यस्तै उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताए ।

तामाङले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतर्फ लागिरहेको पनि जानकारी दिए । महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिइसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर