मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार १४५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९ जना र २ हजार ९९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १४ हजार ०९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४४ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ४४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार १३६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ६२ हजार १९८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर