झापा । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता झापामा पक्राउ परेका छन् ।   पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्य वस्तुमा भएको मूल्यवृद्धिको विरोधमा बजार तथा यातायात बन्द गराउँदै हिँडेका नेकपाका ८ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । बुधबारेबाट सात जना र मेचीनगरको इँटाभट्टाबाट एक जनालाई नियन्त्रणमा लिएको एसपी भट्टराईले बताए । इँटाभट्टामा प्रहरी देख्न साथ अन्य कार्यकर्ता भागेको उनको भनाई छ ।

‘विप्लव’ नेतृत्वको नेकपा गरेको नेपाल बन्दको प्रभाव झापामा परेको छ । झापामा छोटो दुरीका सवारीसाधनहरू छिटफुट चलेका छन् । जिल्लाका अधिकांश विद्यालयहरू समेत बन्द रहेका छन्। नेकपाका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि सडकमा बसेर बन्दलाई सफल बनाउन लागि परेका थिए । साना सवारीहरु अटो रिक्सा, सिटिरिक्सा, मोटरसाइकलहरू चलिरहेको भए पनि यात्रुवाहक बसहरू चलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर