झापा — हरेक पटक राजनीतिक दलले जनतालाई सडकमा उभ्याउन अनेक नारा र एजेण्डा दिने गरेका छन् । पंचायत बिरोधी आन्दोलनमा जनता सडकमा उत्रिए, कहिले जनयुद्धको भन्दै भएको द्वन्द्वमा जनता सडकमा पसे, कहिले राजाको शासन विरुद्ध भन्दै गोलबद्ध भए, तर ती सबै राजनीति गर्नेको सत्तामा चढ्ने भर्याङ भन्दा बढी कहिल्यै हुन सकेन । नेपाल बन्द २०४६ सालको परिवर्तन पछि विकास भएको विरोधको शैली हो । यसमा ठूलठूला पार्टी देखि लिएर सानो सानो समुहबाट सामान्य नेपाली जनजीवन ठप्प पार्ने प्रयास गरिन्छ । नेपाल बन्द आह्वान कर्ताले व्यापार व्यवसाय, उद्योगधन्दा, यातायात लगायतका सबै क्षेत्र बन्द गर्न दवाव दिन्छन । विभिन्न सानो ठूलो माग तेस्र्याई नेपाल बन्द आह्वान गर्नेहरूले शान्तिपूर्ण विरोध गर्दा सरकारले नसुनेकोले नेपाल बन्द आह्वान गरेको बताउने गरेका छन् । सर्वसाधारणलाई जे जति कठीनाई परे तापनि कसैलाई कसैको वास्था हुन्न । नेपाल बन्दको कारणले सर्वसाधारण जनताले दुःख पाउछन । यसले गर्दा बिरामी, विध्यार्थी, कर्मचारी, पर्यटकले एकदम पीडा पाउछन । दैनिक उपभोग्य सामानको लागि पनि सर्वसाधारण जनताले दुःख पाउछन । अलि गहिरिएर सोच्ने हो भने यो एउटा मानवता बिरोधि गतिविधि हो । एउटा मजदुर आफ्नो छोराछोरी र श्रीमतीलाई एक छाक मिठो मसिनो खुवाउन र आफ्ना बिभिन्न आशा अभिलाशाहरु पुर गर्न बिहानैदेखी काममा निस्कन्छ । तर, राजनीति गर्नेहले त्यो कहिल्यै बुझ्दैनन् । जब चुनाब आउछ तब मात्र ति बिपन्न नागरिकको याद नेताहरुलाई आउछ । केहि छाक मिठो मसिने खुवाउन गाउ छिर्छन नेता । बदलामा भोट लिए जन्छन् । त्यसपछि बेपत्ता । त्यसैले त नागरिक नेपाल बन्दबाट आजित र निराश छन् । झापा दमकको आकाशे पुल नजिकै ठेलागाडामा बसिरहेका सन्तोस माझी भन्छन्, “बालबच्चा पाल्नु कि पार्टीका नेताको बन्दलाई समर्थन गर्नु ? ” उनको यो रोदन त केबल गरिखाने वर्गको समस्याको एक प्रतिनिधिमूलक घटना मात्र थियो । उनीजस्ता लाखौँ नागरिक जो दिनभरि कमाएर बेलुकाको छाक टार्ने गर्छन् ति सबैको साझा समस्या हो यो । तर बन्द गराउनेहरुका बिरुद्ध उनीहरु बोल्न समेत डराउने गरेका छन् । सन्तोस भन्छन्, “अहिले बोलेर के गर्नु भरे किन बोलिस, किन बिरोध गरिस् भनेर पिटाई खाईन्छ । ”

सन्तोसकै जस्तो कुरा गर्छन सोही ठाउँमा आफ्नै ठेलागाडामा सुस्ताईरहेका दलिन मोहम्मदपनि । “के ले खाने के ले हिड्ने ? रासन दोकानमा बाँकी दिदैन । एक दिन बन्द हुँदा चुल्हो बल्न गाह्रो छ । ” उनले भने ।

बन्दको बाहनामा मँगलबार फेरि सबैले सास्ती भोग्नु परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको सबैभन्दा ठूलो मारमा सर्वसाधरण जनता परे । भन्नलाई चाहि जनताकै हितका लागि भन्ने अनि तिनै जनतालाई सास्ती दिन बन्द गरिदिने नेताहरुको पारालाई सर्बसाधारणले पटक्कै मन पराएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर