दमक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिलेको गठबन्धन सरकार स्वार्थले भरिएको बताएका छन् ।
झापाको दमकमा राप्रपा १ नम्बर प्रदेश कार्य समितिको प्रथम ऐतिहासिक एकता अधिबेशनलाई सम्बोधन गर्दे थापाले यस्तो बताएका हुन् । अहिलेको सरकार जनताको नभइ सर्बोच्च अदालतको परमादेशबाट गठन भएको बताउदै थापाले जनताका लागि सरकारले केही गर्न नसकेको आरोप लगाए । देशमा बिक्रिती र बिसंगती मात्र मौलाएको भन्दै थापाले अहिलेको सरकारले सिंको भाच्ने कामपनि नगरेको धारणा राखे ।
फरक प्रशंगमा अध्यक्ष थापाले सर्बोच्च अदालतका प्रधानान्यायधिस चोलेन्द्र शमसेर जबराले आफ्नै क्रियाकलापले पदमा बस्ने नैतीकता गुमाएको टिप्पणी गरे । प्रधानन्यायाधिस हटाउने नाममा संबैधानीक बिधि प्रक्रीया अबलम्बन गर्नुको सट्टा प्रमुख राजनितिक दलहरु मुकदर्शक भएर बसेको समेत उनको आरोप थियो ।
कांग्रेस र कम्युनीष्टबाट जनता वाक्क भएको बताउदै थापाले राप्रपा मात्र कांग्रेस र कम्युनिष्टको बिकल्प भएको बताउनुभयो । आफ्नो पार्टी संगठनात्मक रुपमा कमजोर भएपनि फरक बिचार बोकेको पार्टी भएकाले अबको निर्वाचनबाट राप्रपाले अप्रत्यासित परिणाम हासिल गर्नेमा दुइ मत नभएको उनको तर्क थियो । थापाले अघिल्लो निर्वाचन परिणाम लाई हेरेर निरास नहुन समेत नेता कार्यकर्तालाई आग्रह गरे ।
अधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट ५ सय ५४ जना प्रतिनिधि सहभागि भएको प्रदेश संयोजक राम थापाले जानकारी दिनुभयो । अधिबेसन भोली सोमबारसम्म चल्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर