आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधि भिडन्त आइतबार हुँदैछ ।

आइतबार दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो पटक टी-ट्वान्टी विश्वकपले नयाँ च्याम्पियन पाउने भएको छ ।

न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको हो भने अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटले नै हराएर उपाधि नजिक पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर