झापा — नेपालजस्तो विकासमा पछि परेको देशमा बहुसंख्यक विपन्न बसोबास गर्ने थात थलो भनेको गाउँघरनै हो । त्यसैलेपनि देशको समृद्धिको यात्रा गाउँघरबाटै प्रारम्भ हुनु उपयुक्त हुन्छ भन्ठानेरै गाउँ गाउँबाट बिकासको लहर चलाउनेपनि भनियो । तर सबै हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो मात्र भईदियो । ठेकेदारमार्फत गरिने अधिकांश कामहरु ठगदारी प्रमाणित हुँदै जान्थे, गए, गईरहेका छन् र आगामी दिनमापनि यस्तै अवस्था रहन्छनै रहन्छ । यसमा कुनै दुई मतनै छैन ।

एउटा सामान्य उदाहरणका लागि झापाको मेचीनगर—७ को पालिया नदीमा निर्माणधिन पक्की पुललाई हेरे पुग्छ । कोभिड १९ को महामारीलगायत अन्य कारण देखाउदै झापाको मेचीनगर—७ को पालिया नदीमा पक्की पुल समयमै निर्माण हुन सकेन् । पुलको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले २०७७ जेठ २७ मा संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

शिलान्यास समारोहमा प्रदेश सभा सदस्य मैनाली, मेचीनगर प्रमुख आचार्य, उपप्रमुख उप्रेतीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए । सम्झौता पत्रमा उल्लेख गरिएको निर्माण कार्य सम्पन्न गर्ने समयसिमाभन्दा एकमहिना बढी भएपनि अझै ३० प्रतिशत काम बाकी नै छ ।

२०७७ साल बैशाख २४ गते निर्माण सम्झौता भएको र सम्झौता पत्रमा २०७८ साल असार २० गते निर्माण कार्य सम्पन्न गर्ने उल्लेख भएपनि कोभिड १९ ,नदीमा पानीको वहाब बढीलगायत अन्य कारणले सम्झौता अनुसारको समयसीमाभित्र निर्माण सम्पन्न गर्न नसकिएको निर्माण कम्पनिले जनाएको छ ।

१ नम्बर प्रदेश सरकारको ४ करोड ३२ लाख रुपैयाँ लागत भएपनि ३ करोड ८४ लाख १४ हजार ३ सय ८७ रुपैयाँमा पुल ठेक्का लागेको थियो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनि हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवा प्रालि विर्तामोड झापासँग सम्झौता भएको थियो ।

निर्माण कम्पनि हिम्टुङ एण्ड थोकर सरोज जेभी निर्माण सेवा प्रालि विर्तामोड झापाका प्रवन्ध निर्देशक परमानन्द भट्टराईका अनुसार अहिलेसम्म पुलको करीव ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाकी ३० प्रतिशत काम अबको ४ देखि ५ महिनामा सम्पन्न हुने उनको भनाई छ । कोभिड १९ तथा वर्खाका कारण निर्धारित समयमै पुलको निर्माण कार्य पुरा नभएको प्रवन्ध निर्देशक भट्टराईको भनाई छ । समयमै निर्माण कार्य सम्पन्न नभएपनि सोचे भन्दा निर्माणको काम द्रुतगतिमा अघि बढीरहेको उनको भनाई छ ।

पुलको एलआरवीएसयुको प्राविधिक सहयोगमा पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले यसको अनुगमन र रेखदेख गर्दैछ । ‘सिगंल स्पाम’ रहने उक्त पुलको लम्बाई पिल्लरदेखि पिल्लरसम्म २५ मिटरको हुने, ८२ फिट लम्बाई २८ फिट चौडाई पुलको कज्वे चौडाई २० फिट तथा दुबै तर्फ ४÷४ फिट लम्बाईको पैदल यात्री हिड्ने संरचना निर्माण गरिने पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले पसल शिलान्यासका क्रममा जानकारी गराएको थियो । यो योजना झापा निर्वाचन क्षेत्र नं १ ‘क’ को योजना छनौट अन्तर्गत प्रदेश सरकारको बजेट छनौटमा योजनामा परेको थियो ।

पक्की पुलले सतिघट्टा–गोमनसरी–इटाभट्टा लाई जोड्ने

पक्की पुल निर्माण भएपछि मेचीनगर —७ स्थित सतिघट्टा–गोमनसरी–इटाभट्टा लाई जोड्ने छ । झापाको मेचीनगरहुदैँ सदरमुकाम सम्म जोडने यो पुल सञ्चालनमा आएलगत्तै मेचीनगर र चन्द्रगडी विमास्थलको दुरी १४ किलो मिटरमात्र हुने मेचीनगर नगरपालिका वडानम्बर ७ का वडा सदस्य रुपा गुरुङ्गको भनाई छ । पालिया नदीमा पक्की पुल बन्ने भएसँगै स्थानीयवासी हर्षित बनेका थिए । तर, निर्धारित समयमै काम सम्पन्न हुन नसक्दा उनीहरु निराश बनेका छन् । पुल बनेसँगै सदरमुकाम जाने बाटो समेत छोटो हुने स्थानीयवासीको भनाई छ ।

स्थानीयलाई सास्ती यथावत

निन्दाखोलामा पक्की पुल नबन्दा मेचीनगर—७ स्थित सतिघट्टाका अधिकाँश वासीन्दा जोखिम मोलेरै काठेपुलबाट आवातजावत गर्न बाँध्य थिए । त्यसमा पनि नजीकै रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पीडा त खपिनसक्नुको थियो ।

वर्खा शुरु भएसँगै अधिकाँश विद्यार्थीहरु स्कुलै जादैन थिए । केही विद्यार्थी भने जोखिम मोलेरै विद्यालय आउजाउ गर्दथे । विद्यार्थीहरुमात्र होईन सर्वसाधारणसमेत निन्दा खोलामा पुल निर्माण कार्य शुरु भएपछि खुशी थिए ।

तर, उक्त नदीमा पुल समयमै नबनेका कारण सर्वसाधारणले निक्कै सास्ती व्यहोर्नुपरेको नेपाली काँग्रेसका स्थानीय नेता युद्घराज ओलीको भनाई छ । पालिया खोलामा पक्की पुल नभएका कारण एउटा काठे पुलको भरमा मानिसहरु हिड्ने गरेका थिए ।

काठे पुललाई समेत बाढीका कारण पालिया नदीले क्षति पुर्याउँदा समयमै मर्मत तथा सम्भार नहुदाँ सर्वसाधारणले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको ओलीको भनाई छ । अहिले समयमै पुल निर्माण सम्पन्न नहुँदा पुरानै पारामा फर्कनुपर्ने पो हो कि भन्ने स्थानीय संसकित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर