खोटाङ २९,कार्तिक । नेकपा एमाले जिल्ला कमिटी खोटाङले संविधान रक्षा र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध दिक्तेलबजारमा जनप्रदर्शन गरेको छ । संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको जगेर्ना र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमाले खोटाङले शनिबार दिक्तेलबजारमा जनप्रदर्शन गरेको हो ।

दिक्तेलस्थित पुष्पलाल स्मृति भवनबाट शुरु भएको नारा जुलुस सहितको जनप्रदर्शन दिक्तेल बजार परिक्रमा गरि रत्नपार्कमा पुगेर सम्पन्न भएको थियो । जनप्रदर्शनकै क्रममा त्रिवेणीचोकमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य रमेश पौडेल, भानुचोकमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य उषाकला राई, पुरानो बेसक्याम्प आयोजित आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई र रत्नपार्कमा आयोजित कोणसभालाई एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले एमालेले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिको पक्षमा उभिदै आएकाले जेनजी आन्दोलन पश्चात् शंविधान र देश संकटमा परेकाले एमाले सडकमा आएको बताएका थिए । जेनजी आन्दोलनमा घुसपैठ गरि निजी तथा सार्वजनिक सम्पतीलाई धराशायी बनाउने अपराधीहरुलाई तत्काल पक्राउ गरि कानुनी दायरा ल्याउन सरकारसँग माग गरेका थिए ।

जनप्रदर्शन कार्यक्रममा २ हजार भन्दा बढी नेता तथा कार्यकताहरुको उपस्थिति रहेको एमाले खोटाङले जनाएको छ । विभिन्न ठाउँमा भएको कोणसभामा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव तथा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य बिणादेवी राई,एमाले कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे,एमाले खोटाङका अध्यक्ष देवबिक्रम राई,सचिव सुरेन्द्र कुमार राई,एसबाट एमाले प्रवेश गरेका नेता बबि चाम्लिङ, अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटी र जिल्ला संयोजक शुशिला तिमल्सिनाले सम्बोधन गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल खोटाङले रत्नपार्कदेखि भवनगौरा सम्म मोटरसाइकल र्याली निकालेको थियो ।  जनप्रदर्शन कार्यक्रममामा जिल्लाका दश वटै पालिका कमिटी, एमाले खोटाङ काठमाडौं सम्पर्क मञ्च, एमालेका २३ वटै जनवर्गीय संघठनका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको एमाले खोटाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>