झापा ।  माछा पालन सम्बन्धमा बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै झापाका माछा पालक किसानले आपत्ति जनाएका छन् ।
वडाध्यक्ष सङ्ग्रौलाले भ्रामक, तथ्यहीन र बिना आधार सामाजिक सञ्जाल फेसबुकमा माछा पालन सम्बन्धी स्ट्याटस लेखेको भन्दै माछा पालक किसानले आक्रोश व्यक्त गरेका हुन् । बिहीबार बिहान बिर्तामोड ३ सैनिक मोडमा बैठक बसी माछा पालक किसानहरूले फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने वडाध्यक्ष सङ्ग्रौलालाई सूचना सच्याउन माग गरेका छन् । उनीहरूले कपोकल्पित र आम उपभोक्तामा भ्रम फैलाउने उद्देश्यले फेसबुकमा स्ट्याटस लेख्नु जनप्रतिनिधिबाट गैर जिम्मेवार कार्य भएको टिप्पणी गरेका छन् ।
वडाध्यक्ष सङ्ग्रौलाको स्ट्याटसप्रति मेची मत्स्य व्यावसायिक कृषक समूहले बिहीबार विज्ञप्ति जारी गरी खेद व्यक्त गरेको छ । समूहले वडाध्यक्ष सङ्ग्रौलालाई स्ट्याटसमा दाबी गरिएजस्तो माछा पालन गर्ने पोखरीहरूमा अस्पतालबाट उत्पादित फोहोर मैला हाल्ने गरेको पुष्टि गर्न चुनौती समेत दिएको छ । वडाध्यक्ष सङ्ग्रौलाले त्यसो गरेको प्रमाण पु¥याएको खण्डमा सम्बन्धित माछा पालक किसानलाई कडा कारबाही गर्ने समूहले विज्ञप्तिमार्फत विश्वास दिलाएको छ ।
‘हस्पिटलमा उत्पादित फोहोर मैला, मासुजन्य वस्तुहरू माछालाई चारोको रुपमा रात्रि कालिन समयमा खुवाउने गरेको भन्ने वडाध्यक्ष सङ्ग्रौलाको दाबी प्रमाणित गर्न हामी चुनौती दिन्छौँ । प्रमाणित भए सम्बन्धित किसानलाई कडाभन्दा कडा कारबाही गर्न हामी पनि माग गर्नेछौँ । अन्यथा जिम्मेवार निकायमा बसेको व्यक्तिले गैरजिम्मेवारीपूर्ण कार्य गरेकोमा वडाध्यक्ष सङ्ग्रौलाप्रति गहिरो खेद व्यक्त गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।
बिना आधार प्रमाण, अनुमानकाभरमा आगामी दिनमा माछा पालन सम्बन्धी कुनै पनि सन्देश सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट प्रकाशन÷प्रसारण नगरिदिन समेत वडाध्यक्ष सङ्ग्रौलालाई सचेत गराएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद सिवाकोटीले बताए । अध्यक्ष सिवाकोटीले तथ्यहीन र भ्रामक हल्लाको पछि नलागी आम उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको अर्ग्यानिक ताजा माछाको सेवन गर्न आग्रह गरेका छन् । उनले बजार हल्लाको पछि लागेर भारतीय फर्मा लिन प्रयोग गरिएका मरेको माछाभन्दा स्थानीय किसानले उत्पादन गरेको ताजा अर्ग्यानिक माछाको सेवनबाट विचलित नहुन समेत आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर