धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेतिथि छानविन गर्ने उद्देश्यले गठित उच्च स्तरीय छानबिन समितिले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रतिवेदन बुझाएको छ ।

आज छानबिन समितिको संयोजक सहकुलपति एवं स्वास्थ्य मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र धरानका मेयर तिलक राईले प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन बुझाएको हो ।

वीपी प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गठित छानबिन समितिले प्रतिवेदन बुझाएको जानकारी दिए । प्रतिष्ठानका बहालवाला उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरु खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । मेयर राईले अब चाडै सिनेटको बैठक बोलाएर कारबाही प्रक्रिया अगाडी बढाइने बताए ।

यस्तै, मेयर राईले प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रष्ठिानको रजिस्ट्रारबाट राजीनामा दिइसके पनि उनको कार्यकालमा भएका खरिद लगायत कुराको थप आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार राजीनामा दिए पनि प्रा. डा. मोहनचन्द्र रेग्मीको कार्यकालमा भएको आवश्यक छानबिन गरेर कारबाही गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर