दमक/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमकसंगै जोडिएको कमल ५ स्थित लभडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल ५ का २४ बर्षिय डिल्लीराम शाही रहेका छन ।
हिजो बिहिबार अपरान्ह ४ बजे भएको दुर्घटनाका घाईते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा आज (शुक्रबार) बिहान १.५० बजे मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुर्व बाट पश्चिम तर्फ आउदै गरेको प्र१–०२–०४१प २००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा शाहीको टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा पछाडी सवार ईटहरी–२० का २५ बर्षिय रुपम तामाङको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर