किम जोङ उनकी बहिनी भन्छिन् : सर्त पूरा भए उत्तर कोरिया युद्ध समाप्त गर्न तयार छ

कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सर्त सहित युद्ध अन्त्य गर्न उत्तर कोरिया तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रुपमा प्रतिक्रिया दिंदै उनले सर्तहरु पूरा भएमा उत्तर कोरिया युद्ध अन्त्य गर्न तयार रहेको बताएकी हुन्।

यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुबै कोरियाली राष्ट्रलाई औपचारिक रुपमा द्वन्द्व अन्त्य गरी प्रायद्वीप क्षेत्रमा शान्ति स्थापना गर्न प्रस्ताव गरेका थिए। त्यसको जवाफमा किम यो जोङले यस्तो बताएकी हुन्।

उत्तर कोरियाली मन्त्रीले दक्षिण कोरियाका राष्ट्रपतिले राखेको सो प्रस्ताव अपरिपक्क भएको भन्दै युद्ध समाप्ती अस्वीकार गरेका थिए। तर किमले अकल्पिनीय रुपमा शुक्रबार एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाको प्रस्ताव स्वागतयोग्य भएको बताएकी छन्।

‘उत्तर कोरियाको सर्तहरू पूरा भएमा मात्र कोरिया युद्ध समाप्त हुनेछ’, विज्ञप्तीमार्फत उनले भनेकी छन्, ‘सर्त बमोजिम दक्षिण कोरियाले बहुरुपी सम्झौताहरु त्याग्नुपर्नेछ, अव्यवहारिक पूर्वाग्रहरु र खराब आचरणसमेत त्याग्नुपर्नेछ। साथै शत्रुतापूर्ण व्यवहारहरु र गतिविधि रोक्नुपर्नेछ। तब मात्र कोरिया बीचको युद्ध समाप्त हुनेछ।’

सन् १९५३ मा भएको युद्धमा शान्ति सम्झौता विना युद्धविराम गर्दै प्रायद्वीप क्षेत्रको कोरिया दुई भागमा विभाजित भएको थियो। त्यसयता दुबै मुलुकबीच द्वन्द्व जारी छ । कहिलेकाहीं दुई देशबीच तनावपूर्ण अवस्था सिर्जना हुने गर्छ। अन्नपूर्ण बाट

प्रतिक्रिया

सम्बन्धित खवर