दमक । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।

यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको ब्यापारिक शहर दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ ।

स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक आउन लागेको स्थानीयहरु बताउँछन् ।

पुर्बको ब्यापारिक शहर दमकमा अन्तरास्ट्रिय स्तरको सपिङ अनुभव प्रदान गर्ने उद्देश्य सहित स्थापना गरिएको यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट सपिङ्ग स्पेस सहित सन्चलनमा आउन लागेको हो ।

१ अर्ब ५० करोड बढी लगानीमा सन्चलनमा आउने यो स्टोर झापा जिल्लामा दोस्रो हो भने कोशी प्रदेशको पाँचौ स्टोर हो । यस अघि झापाको विर्तामोडसहित कोशी प्रदेशका धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

भाटभटेनीको स्थापनाले आर्थिक तथा यश क्षेत्रको प्रयटकीय गतिविधीलाई समेत चलायमान बनाउने भन्दै यहाँका अन्य निजी क्षेत्रहरुसमेत उत्साहित बनेका छन् । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइनेहुदा सामनको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्ने भयेकाले भाटभटेननी दमक तथा आसपसका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङ बताउँछन् । भाटभटेनी ब्यवसाय मात्र नभै रोजगारी अभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगर प्राप्त गरेको उनले बताए ।

आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पुर्ण उर्जा देशमै लगाएको बताउदै उनले पछिल्लो समय राज्यको ब्यवाहारले आफुलाई केही मात्रामा हतोत्साही बनाएको भएतापनी आफू नडगमगाएको र न्याय पाउने विश्वास राखेको समेत बताए ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्लाबाट समेत उपभोक्ताहरु किनमेलका लागि आउने अपेक्षा गरिएको छ ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार भैरहेको क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताए ।

यही फागुन २३ गतेबाट औपचारिक रुपमा संचालनमा आउने यस सुपर स्टोरको लागि सम्पूर्ण तयारि पूरा भएको भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर