बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ :बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।सुर्यलाई जल चढाउनुहोस् : सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ

मन्दिर सफा राख्नुहोस : घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।बिहानै भुमिलाई प्रणाम गर्नुहोस : बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

यसैगरी जीवनलाई सफल बनाउँनको लागि तपाईको तयारी र तपाई वसेको वातावरण जस्ता धेरैं कुराहरु आवश्यक छ, तर धेरै व्यक्तिहरू यस्तो वातावरण सामेल हुदैनन्। धेरै व्यक्तिहरुले कठिन काम पछि आफ्नो क्षमता गुमाउँछन्। यो पनि समस्याको कारण हो, जहाँ युवा तयारी गर्ने मात्र फल प्राप्त नहुने हो भने श्रमको लागि ऊर्जा कहाँ हुन्छ ?

वास्तु यस्तो विज्ञान हो, जसले हाम्रो वरिपरि भएको ऊर्जा प्रयोग गर्दछ जुन हाम्रो सफलताको लागि वातावरण तयार पार्नमा सहयोगी हुन्छ। भविष्यको सफलताको लागि घरको सुःख र शान्तिको लागि वास्तुशास्त्रमा केहि चीजहरू धेरै सहयोगी हुन सक्छन्। माता सरस्वती वा घर मा यी मध्ये केहि चीज सम्बन्धित ५ चीजहरू राख्नुहोस्। यसले तपाईमा भएको नकारात्मकता हटाउँछ र तपाईंको वरपर सकारात्मकताको वातावरण बनाउँछ। यी कुराहरू लाभकारी हुन सक्छ

विणाः विणा देवी सरस्वती को सबै भन्दा प्रिय वस्तुहरु मध्ये एक हो। विणालाई धेरै पवित्र मानिन्छ र यो घर मा राखिएको छ भने सुख र शान्ति को वातावरण बनाईराख्छ। यसले हाम्रो रचनात्मकता क्षमता बढाउँछ। विणा बजाउँदा आउँने आवाजबाट हाम्रो घरको परिवारको वातावरण र ऊर्जाशील भएर भरिएको हुन्छ।

हाँसको तस्विरः हंस देवी सरस्वतीको एउटा वाहन हो, त्यसैंले यो शुभ मानिन्छ। घरको यस्तो भागमा हाँसको तस्विर वा शो९टुकको राखिएको हुनुपर्छ, जहाँबाट घरको प्रत्येक सदस्यले यसलाई सामना गर्दछ। यसले दिमागलाई शान्त र ध्यान केन्द्रित गर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।मयुर प्वाखः मयुरको प्वाँख धेरै देवता र देवीहरूसँग सम्बन्धीत छ । यसलाई घरमा राख्नु धेरैं फलदायक हुने विश्वास रहँदैं आएको छ । मयुर पंखहरघरको मन्दिरमा र बच्चाको कोठामा राखिनुपर्छ। नकारात्मक ऊर्जा त्यस ठाउँबाट हटेर जान्छ र तपाईलाई सफल हुनबाट कसैंले रोक्न सक्दैन।

कमलको फूलः हरेक दिनको पूजामा अन्य फूलहरुसँगैं कमल फूलको पनि प्रयोग गर्नुपर्छ। मन्दिरमा कमल फूल राख्दा घरमा आनन्द र शान्तिको वातावरण राख्छ। मन्दिरमा दैनिक पुरानो कमल हटाउनुहोस् र ताजा फूलहरू राख्नुहोस्। यसले घरमा एक ताजा वातावरण ल्याउँछ, जो तपाईंलाई आफ्नो लक्ष्य बनाइ राख्नको लागि मद्धतगार हुन्छ ।

मूर्ति या सरस्वती को तस्वीरः देवी सरस्वतीलाई शिक्षा को देवी को रूप मा मानिन्छ। घर मा माता सरस्वतीको मूर्ति राखेर र हरेक दिन उनको उपासना गर्नाले जीवनमा सफलता र प्रगति ल्याउँछ भन्ने विश्वास रहँदैं आएको छ । हामीले परिश्रमसँगैं भाग्य र हाम्रो वरपरको वातावरणलाई पनि सफल जीवनका लागि ख्याल राख्नुपर्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर