पुस २,खाेटाङ ।खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकाकाे सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास शिक्षकहरुकाे वृत्ति विकास र सिकाई प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले ७ दिने आधारभूत तालिमकाे आयाेजना गरिएकाे छ । जि फाउण्डेसनको आर्थिक सहयोग र गाउँपालिका सँगको समन्वयमा प्रयास नेपालकाे आयोजनामा पुस १ गतेबाट सुरु भएकाे तालिम ७ गते सम्पन्न हुनेछ । पालिका भित्रका २६ वटा सामुदायिक विद्यालयमा कार्यरत २७ जना प्रारम्भिक बालविकास शिक्षकहरु तालिममा सहभागि भएका छन् ।
शिक्षकहरुको वृत्ति विकास र सिकाई प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तालिमकाे आयोजना गरिएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले बताउनुभयो तालिमको सहजिकरण परामर्शदाता सोनी पौडेल (तामाङ)ले गर्नुहुने रिजालले जानकारी दिनुभयो ।