कात्तिक १६,खोटाङ । रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाइकल क्लव धरानको टोलिले धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी र कालिका भवगती मन्दिरको भ्रमण गरेका छन् । चोमोलुङ राइड २ं०२३ नामक यात्रामा निस्किएका रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाइकल क्लव धरानको टोलिले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी, कालिका भगवती मन्दिर र नेर्पाको भूलभूले दुधकुण्ड धामको भ्रमण गरेका हुन् ।
चोमोलुङ राइड २ं०२३ नामक यात्राका संयोजक मनिश शाहीको अगुवाईमा भ्रमणको लागि दिक्तेल आइपुगेका २८ जनाको टोलीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राई लगाएतले दिक्तेलको हाटडाँडामा स्वागत गर्नुभएको थियो ।
जिल्लाको धार्मिक,साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि २० गते सम्म दिक्तेलमा आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीको विषयमा बिभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको समाचार हेरेर प्रभावित भएर दिक्तेलको भ्रमण गर्न आइपुगेको चोमोलुङ राइड २ं०२३ नामक यात्राका संयोजक मनिश शाहीले बताउनुभयो ।
सन २०१२ मा धरानमा युवाहरुले स्थापना गरेको रोयल ईन्फिल्डर्स मोटरसाकइल क्लवले सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक सम्वन्धी जनचेतना मूलक कार्यक्रम गर्नुका साथै आन्तरिक पर्यटनको पहिचान गर्दै पर्यटन प्रवर्द्धन टेवा पुर्याउँदै आएका छन् ।