पछिल्लो समय दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि नेपाली मौलिक संस्कृतिसँग जोडिएको लिङ्गे पीङ र रोटे पिङ हराउँदै गएको छ । गाउँ गाउँदेखि ठुला सहर बजारमा दसैँ आउनु केही समयअघि देखि पिङ हालेर खेलिने मौलिक परम्परा हराउन थालेकोे छ । आज भोलि फाट्टफुट्ट रुपमा मात्रै यस्ता पिङ देखिन थालेको छ ।
वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यता अनुसार बालकदेखि बृद्धिसम्म दशैंमा पिङ खेल्छन् । पहिले टोलटोल र चौतारामा लिङगे र रोटे पिङहरु बन्थे । राम्रो लगाउनु, मिठोमसिनो खानु र मनै फुरुङ हुने गरी पिङ खेल्नु दसैंको एउटा परम्परा नै थियो । तर हिजोआज दसैंमा पिङ खेल्ने चलन हराउँदै गएको छ । वर्षमा एकचोटी धर्ती छोड्नैपर्छ भन्ने मान्यता अनुसार दशैंमा सबैलाई पिङ खेल्ने साइत जुराउथे । गाउँघरमै पाइने बाासका लिङगो र बाबियोको डोरी बाटेर पिङ बनाउँथे । आफन्त, इष्टमित्र र कुटुम्बहरु त्यही पिङ खेल्ने ठाउँमै जमघट हुन्थे र रमाइलो गर्थे । बालकदेखि वृद्धसम्मले पिङ खेलेर दशैलाई थप रमाइलो बनाउँथे । तर हिजोआज दसैंमा पिङमा रमाउने क्रम घटेको छ ।
नयाँ पुस्ताका धेरैलाई त दसैंमा पिङ खेल्नुको मज्जा नै थाहा छैन । दसैंमा खेलिने पिङसाग हाम्रो परम्परा र संस्कृति जोडिएको छ भनेर बुझ्ने र खेल्ने फुर्सद नयाँ पुस्तासँग छैन । आजभोलि दशैंमा गाउामा पिङहरु त बन्छन् । तर यसप्रति युवा पुस्ताको चासो नै छैन । बिस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अङ्गाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि बिस्तारै टुट्दै गएको छ । आधुनिकताको विकास क्रमसँगै विभिन्न मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङ हराउन थालेको छ ।
केही वर्ष अघिसम्म चोक–चोक र टोल–टोलमा देखिने लिङ्गे पिङ केही वर्ष यता देखी विरलै देख्न पाइन्छ । दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुर बुर्जा खेल्नेको प्रतिस्पर्धा हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न पाएका छैनन् । दसैँको सुरुवातसँगै खेलिने पिङ यस वर्ष केही स्थानमा मात्रै देखिएको छ । दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ भने विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको छ । अहिलेका युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थाल्नुपनि पिङको महत्व घटाउने एउटा कारक हो । पिङभन्दा पनि इन्टरनेटमा फेसबुक, ट्वीटर, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल सहित इन्टरनेटमा गेम खेल्ने भएकाले पिङको महत्व घट्दै गएको पुराना पुस्ताको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय