असोज २१,खोटाङ । खोटाङमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी सम्पन्न भएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको पाँच दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी शनिबार सम्पन्न भएको हो ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले असोज १७ गतेदेखि चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी सुरु भएको थियो । स्वदेसी तथा विदेसी चित्रकारले तयार पारेका लाइभ पेन्टिङ तथा जिल्लाका विभिन्न विद्यालयका छात्ररछात्राले तयार पारेको चित्रकला प्रदर्शन, स्थानीय परिकारको स्टल, सांगीतिक कार्यक्रम गर्दै मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी समापन गरिएको हो ।

सरस्वती माबिको प्रांगणमा आयोजित कार्यक्रम युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईको अध्यक्षतामा कार्यक्रममा समापन गरिएको हो ।

मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री लिम्बूले अहिले नेपालको राजनीतिमा अस्थिरता पैदा गर्ने काम भइरहेकोले देशको विकास र समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्। नेपालको राजनीतिलाई ठिक ठाँउमा ल्याउनका लागि युवालगायत सबै क्षेत्रबाट सशक्त आवाज उठाउनु पर्ने पनि मन्त्री लिम्बुले बताउनुभयो।

अहिलेको सरकार सुशासन कायम गर्न र भ्रष्टाचार निवारणका निमित्त भ्रष्टाचारमुक्त प्रशासन बनाउन कठिबद्द भएर अघि बढेको भएपनि कहि जातीय दंगाको नाममा त कहिँ धार्मिक कुरा गरेर मुलुकमा अशान्ति पैदा गर्ने कामहरु शुरू भएकोले सबै जातजाति, भाषा, धर्म, संस्कृतिका मानिसहरू जसरी हामी मिलेर बसेका थियौ त्यसरी नै मिलेर बस्ने वातावरण बनाउन अभियान चलाउनुपर्ने आवश्यक रहेको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले अन्तर्राष्ट्रिय क्षेत्रमा भएको सीप र कलालाई नेपालमा भित्र्याउन सफल भएको बताउदै मन्त्री लिम्बूले पर्यटनको विकास हुन सके देश समृद्धितिर अघि बताए बताउनुभयो ।

चित्रकला तथा प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार आएका थिए । १८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर क्यान्भासमा उतारेका थिए ।

कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही समयपछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रलाई नगरपालिकाले चाडैं दिक्तेल बजारमा संग्राहलय स्थापना गरि राखिने योजना बनाइएको मेयर भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमको अन्तिममा चर्चित गायक एबं नगरदूत राजेश पायल राईले दर्शक नचाएका थिए । वर्षाका कारण मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीलाई प्रत्यक्ष अशर पुर्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर