झापाको गौरादह नगरपालिका वडा न १ का स्थानीय सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा केही दिनअघि वडाध्यक्षलाई सामाजिक सञ्जालमार्फत एक पत्र पठाएर आफ्नो खोजी नगर्नु भन्दै विश्वकर्मा सम्पर्कविहीन भएका थिए ।

बेपत्ता सुनचाँदी व्यवसायीले पछिल्लो समय आफ्नो ब्यवसायमा मन्दीको नराम्रो असर परेका कारण व्यवहार थेग्न नसकेर परिवार छोडेर हिँडेको पत्रमार्फत जनाएका थिए ।

गौरादह क्षेत्रमै सबैभन्दा ठूलो कारोबार गर्ने सुनचाँदी व्यवसायीको रूपमा कहलिएका विश्वकर्माले आफूलाई नखोज्न पत्रमार्फत उल्लेख गरेका थिए ।

सुनचाँदी व्यवसायी सम्पर्कविहीन भएपछि विश्वकर्माको नाममा अहिले वडा कार्यालयमा उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

आइतबारदेखि वडा कार्यालयमा ३८४ जनाले बुझाएको निवेदनको आधारमा कूल रकम २१ करोड ६६ लाख १२ हजार ७ सय ९७ रुपैयाँ पुगेको छ । हाम्राकुरा डटकम

प्रतिक्रिया

सम्बन्धित खवर