खोटाङ, २० असार । हलेसी तुवाचुङ नगरपालिकालाई कर्मचारीको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । नगरपालिकाले पदको दुरुपयोग गरेको आरोपमा कर्मचारीमाथि गरेको सरुवा तत्काल कार्यान्वय नगर्न र कर्मचारीलाई साविक बमोजिममै हाजिर गराउन उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुङ्गाले अन्तरिम आदेश दिएको हो ।
नगरपालिकाका पाँचौँ तहका कर्मचारी माधव आचार्यले दिएको मुद्दा नं।१७५ डब्लुओ ००३७ माथि सुनुवाइ गर्दै न्यायाधीश रमेशबहादुर थापाको एकल इजालसले सरुवा गर्नुको आधार, कारण समेत खुलाएको नदेखिँदा आचार्यलाई नगरपालिकाको कार्यालयमा साविक बमोजिम हाजिर गराइ काममा लगाउन अन्तरिम आदेश दिइएको हो ।
नगरपालिकाको कार्यापालिकाको जेठ–३० गते बसेको बैठकले पाँचौँ तहका कर्मचारी माधव आचार्य र सातौँ तहका कर्मचारी रविकिरण आचार्यलाई स्थानीय सेवा ९गठन तथा सञ्चालन० अध्यादेश–२०८० को परिच्छेद ४ दफा २५ को उपदफा ४ मा व्यवस्था भए बमोजिम भन्दै अन्यत्र सरुवाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश विराटनगरमा जेठ–३१ गते सिफारिस गरेको थियो ।
सरुवा गर्नुको कारण, प्रमाणसमेत खुल्ने गरि सूचना पाएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र नगरपालिकालाई उपस्थित हुन अदालतले आदेश दिएको छ । विपक्षी नम्बर ३ को हकमा मुख्यन्यायाधिवक्ताको कार्यालय कोशी प्रदेश विराटनगरमार्फत विपक्षी नम्बर ४ को हकमा उच्च सरकारी वकिल कार्यालय ओखलढुङ्गामार्फत र विपक्षी नम्बर १, २ र ५ को हकमा आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत जवाफ पेश गर्न अलालतले नगरलाई आदेश दिएको हो ।
सातौँ तहका कर्मचारी रविकिरण आचार्यको पनि पाँचौँ तहका कर्मचारी माधव आचार्यकै प्रकृतिले नगरबाट सरुवा सिफारिस भएको छ । माधवले भने उच्च अदालतमा आफूमाथि अन्याय भएको भन्दै नगरको निर्णय विरुद्ध रिट दिएका थिए ।
माधवलाई तत्काल सरुवा नगरी साविककै ठाउँमा हाजिर गराउन नगरपालिकालाई अदालतले आदेश दिएको हो । माधव जिल्ला विकास समिति हुँदा लामो समय लेखा तथा प्रशासन क्षेत्रमा काम गरेर हलेसी सरुवा हुनुभएको थियो ।