बैशाख १८, हलेसी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ब्रेथ एनालाइजर मेसिन इलाका प्रहरी कार्यालय हलेसीलाई प्रदान गरेको छ । चैत्र ७ गते बसेको नगरकार्यपालिकाको बैठक निर्णय अनुसार मापसे चेकजाँच गर्ने ७ वटा ब्रेथ एनालाइजर खरीद गरी ६ वटा इलाका प्रहरी कार्यालयलाई नगर मेयर बिमला राईले प्रदान गर्नुभएको हो ।

मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरेर सवारी चलाउन नहुने कानुनी व्यवस्था अनुसार चेकजाचमा कडाई गर्न ब्रेथ एनालाइजर खरीद गरी प्रहरीलाई प्रदान गरीएको मेयर बिमला राईले बताउनुभयो । यहाँले भन्नुभयो समाज सुधारका लागि कर्मचारी, शिक्षक तथा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई समेत आवश्यक पर्दा परीक्षण गरिने जानकारी दिनुभयो ।

प्रहरी कार्यालयमा प्रदान गरीएको मेसिन प्रहरी चौकी जयरामघाट, च्यास्मीटार, हलेसी तुवाचुङ, धितुङ र अर्खौलेमा पठाइने प्रहरी नायव निरीक्षक (सही) नविन कोइरालाले जानकारी दिनुभयो । बाँकी १ थान मेसिन हलेसी तुवाचुङ नगर अस्पताललाई प्रदान गरीने नगरपालिकाले जनाएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रममा उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकिय अधिकृत कैलाश बहादुर ठकुराठी, वडा नं. ७ का वडाध्यक्ष कमल गिरी लगाएतको उपसस्थीति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय